०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

पशुपति मन्दिरमा चढाइएको जलहरी बुधबार पुनर्स्थापित गरिने तयारीमा

Logo
प्रकाशित बुधबार, आषाढ १३, २०८०

(ABC-Sanchar)

काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी आज (बुधबार) पशुपतिको शिवलिङ्गमा पुनर्स्थापित गरिने भएको छ । आइतबार अख्तियारसहितको टोलीले नापजाँचका लागि निकालिएको जलहरी आज अपराह्नपछि पुनर्स्थापित गर्ने तयारी गरिएको हाे।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले आफूहरू अहिले पशुपति परिसर रहेको र अपराह्न ४ बजेपछि जलहरी पुनर्स्थापित गर्ने तयारी भइरहेको बताए।

आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो।

सोमबार बिहान २ बजेसम्म लगाएर सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो। यसको तौल १०६.४३२५ किलो रहेको बताइएको छ।

त्यस्तै प्रयोगमा नआएको भनिएको सुनका २७ थान किला, पाता १, तार ७, ५ थान टुक्रा पनि नापजाँच भएको थियो। त्यसको परिमाण १.०३५७५ किलो रहेको बताइएको छ। यो सबै परिमाण जोड्दा १०७.४६८२५ किलो हुने बताइएको छ।

उजुरीको दुई वर्षपछि नापाजाँच गरेको अख्तियारले केही दिनपछि विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । पशुपति क्षेत्र विकास कोषले १०७ किलो ७९८ ग्राम सुन प्रयोग भएको बताएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!