०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

एआईजी ज्ञवालीको प्रमुख आतिथ्यतामा यौनजन्य हिंसा न्यूनिकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बुधबार, आषाढ १३, २०८०

ABC (क्राईमबिट)

काठमाण्डौ । उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी र नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका र माइती नेपालद्वारा आयोजित कार्यक्रम पशुपति बुटिक होटल पिङगलास्थानमा मङ्गलबार बिहान सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले ‘माइती नेपाल संस्था’ ले नेपालबाट बाहिरिने विभिन्न नाकामा कार्यालय खोली मानव बेचबिखन नियन्त्रण गर्ने पुनित कार्यमा अहोरात्र खटिई सेवा प्रदान गर्नुका साथै पीडितलाई समाजमा पुनर्स्थापना गरेको बारे चर्चा गर्नु भएको थियो ।

साथै नेपाल प्रहरीले कानून कार्यान्वयनमा विभिन्न संस्थाहरुसँगको समन्वय तथा सहकार्यमा ‘यौनजन्य हिंसा न्यूनिकरण’ का कार्यहरु गरिरहेको बताउँदै मनोरञ्जन क्षेत्र (दोहोरी, डान्सबार, डिस्कोथेक, क्लव, होटल तथा रेष्‍टुरेन्ट लगायत) मा काम गर्ने व्यक्तिहरुलाई कम्तिमा एक साताको अभिमुखीकरण सचेतना प्रदान गर्नु पर्ने र सक्रिय रुपमा अनुगमन गर्न आवश्यक रहेकोसमेत बताउनु भयो ।

उहाँले नागरिकहरुको वास्तविक समस्यामा नेपाल प्रहरी जहिलेपनि सकारात्मक कामको लागि हातेमालो गर्न अहोरात्र तयार भएको बताउनुभयो ।

कार्यक्रममा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सरोकारवाला निकायहरुको समन्वय र सहकार्यले मात्र‘यौनजन्य हिंसा न्यूनिकरण’ मा अहं भूमिका खेल्ने हुनाले सम्पूर्ण सरोकारवाला निकायहरुले निष्पक्ष भई कार्य गर्नुपर्ने बताउनुयो ।

उक्त कार्यक्रम जिल्ला प्रहरी परिसर, काठमाण्डौ र ललितपुरका प्रहरी प्रमुख, वडा ९ का अध्यक्ष, प्रहरी वृत्त/प्रभागका प्रमुखहरू र मनोरञ्जन क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!