०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

महिला तथा बालबालिकासँग सम्बन्धित सि.प्र.अ. १३ औं समुहको कार्यक्रम समापन

Logo
प्रकाशित शुक्रबार, आषाढ १५, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगंजमा संचालन भएको “महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.)” १३ औं समुहको समापन कार्यक्रम आज मिति २०८०।०३।१५ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक श्री टेक प्रसाद राईज्यूको प्रमूख आतिथ्यतामा सम्पन्‍न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट दीक्षीत भई जाने ५ जना महिला सहित जम्मा २४ जना प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै कार्यक्षेत्रमा उपयोगी मार्गनिर्देशन तथा शुभकामना सहितको निर्देशन सम्बोधन गर्नु भएको थियो ।


साथै, उक्त कार्यक्रममा यस प्रतिष्ठानका सह-निर्देशक प्रहरी बरिष्‍ठ उपरीक्षक श्री मधुसुदन लुइटेलज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्‍ठ उपरीक्षक श्री दिपेन्द्र जि.सी.ज्यू, प्रतिष्ठानका सह-निर्देशक प्रहरी बरिष्‍ठ उपरीक्षक श्री वेल बहादुर पाण्डेज्यू लगायत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरुको समेत उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी उपरीक्षक श्री सुरेश प्रसाद काफ्लेज्यूले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!