०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

एआईजी ज्ञवालीद्वारा उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वरको निरीक्षण

Logo
प्रकाशित शुक्रबार, आषाढ १५, २०८०

ABC (क्राईमबिट)

काठमाण्डौ । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा शुक्रबार बिहान काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वर काठमाण्डौ उपत्यका सुरक्षाको लागि रिजर्व फौज भएकोले उपत्यकाको सुरक्षाको लागि जुनसुकै समयमा खटिन पर्ने हुँदा हरदम तयार रहन निर्देशन दिनुभयो ।

मानव अधिकारको बिषयमा सदैव संवेदशील भई भिड नियन्त्रणको क्रममा सिलसिलेवार शक्तिको प्रयोग गरी व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनुहुँदै प्रहरी कर्मचारीहरूले सदैव सभ्य, शिष्‍ट व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्न ज्ञवालीले निर्देशन दिनुभयो ।

निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले भिड नियन्त्रणको नमूना प्रदर्शनको अवलोकन र कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै प्रहरी काम कारवाहीबारे जानकारी लिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!