
(सागर थापा)
दाङ । असार १५ गते “मानो रोपेर मुरी फलाउने” महिनाको रुपमा मानिने असार महिना अर्थात राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन (असार १५) को अवसरमा जिल्ला प्रहरी कार्यालय
दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय दाङमा सम्पूर्ण प्रहरी कर्मचारीहरु शुभकामना आदान प्रदान तथा दही चिउरा खाने कार्यक्रम सम्पन्न भएको दाङ प्रहरीले जानकारी दिएको छ ।