०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

राजस्व छ्लि गर्ने करोबारीको बचाउमा अनुसन्धान अधिकृत धामीमाथि आरोप

Logo
प्रकाशित शुक्रबार, आषाढ १५, २०८०

(ABC-Sanchar)

बारा । राजश्व अनुसन्धान कार्यालय पथलैयाका अनुसन्धान अधिकृत मानसिंह धामीले राजस्व छलेर अवैध कारोबार गर्ने व्यापारीहरुको तथ्याङक लुकाई रहेका छन् ।

राजश्व अनुसन्धान कार्यालय पथलैया बाराका सूचना अधिकारी समेत रहेका अनुसन्धान अधिकृत धामीले राजश्व छली गरेर अवैध कारोबार गर्ने ट्रन्सपोर्ट, व्यापारीहरुको तथ्याङक लुकाई रहेका हुन् । राजस्व चुहावट नियन्त्रण र रोकथाम कार्यलाई प्रभावकारी बनाउन राजस्व चुहावट सम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने लगायत कार्यको अधिकार पाएको राजश्व अनुसन्धान कार्यालयका जिम्मेवार कर्मचारीले नै राजस्व छलेर अवैध कारोबार गर्ने कारोबारीहरुको तथ्याङक लुकाउँदा राजस्व छलेर व्यापार गर्ने कारोबारीहरुसंग आर्थिक साटघाट भएको शंका उब्जिएको छ ।

राजस्व अनुसन्धान कार्यालय संग–संगै राजश्व सङ्कलनमा योगदान दिने विभिन्न निकाय मध्येको एक प्रहरी सङ्गठन पनि हो । जसले शान्ति सुरक्षा कायम गर्नुको साथै अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने गर्दछ । अर्थात् सीमा नाका लगायतका ठाउँबाट तस्करी गरी राजश्व छल्ने अवैध कारोबारलाई नियन्त्रण गरी राज्यको राजस्व सङ्कलनमा प्रहरीले पनि टेवा पुर्याउदाई आएको छ । त्यही जिम्मेवारी अन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पर्साले नियमित रुपमा बिल बिजकभन्दा बढि, फरक र तस्करी गरि भित्रियाईएको लत्ता कपडा, हार्डवेयर, काजु, खुद्रा तथा किराना लगायत विभिन्न सामान बोकेको ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आएको छ ।

प्रहरीले विभिन्न सुराकी तथा सूचनाको आधारमा आवश्यक छानबिन गरि राजस्व छलेर कारोबार गर्ने मासिक ५र१० वटा भन्दा बढि ट्रान्सपोर्ट वा व्यापारीहरुको मालसामान नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारबाहीको लागि राजस्व कार्यालय पथलैयामा बुझाउँदै आउँदा ती मध्ये कुन–कुन ट्रान्सपोर्ट, फर्म वा व्यापारीलाई प्रयोजन खुल्ने गरि के कति जरिवानासहित कारबाही भएको तथ्याङक माग्दा राजस्व कार्यालयका सूचना अधिकारी करिब एक महिना देखि आलटाल गर्दै झुक्याउँदै आएका छन् ।

तथ्याङकको लागि बारम्बार ताकेदा गर्दा पनि अधिकृत धामीले ट्रान्सपोर्ट र फर्मको नाम लुकाउँदै प्रहरीले बुझाएको कुन–कुन ट्रान्सपोर्ट र फर्मलाई कारबाही गरिएको बारे तथ्याङक नै नदिदा उल्टै अवैध कारोबार गर्ने कारोबारीको बचाउ गर्ने कार्यमा संलग्न रहेको बुझिएको छ ।

चालु आर्थिक वर्षको हालसम्मको अवधीमा सशस्त्र प्रहरी बल पर्साले मात्रै २३ करोड ८८ लाख भन्दा बढिको अवैध चोरी निकासीका सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया र भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीको तथ्याङकले देखाउँछ ।

त्यस्तै नेपाल प्रहरीले पनि करोडौँको चोरी निकासीका मालसामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सो कार्यालयहरुमा पठाउँदै आएको छ । तर ती मध्ये कुन–कुन ट्रान्सपोर्ट वा फर्मलाई कारबाही गरि कति जरिवाना गरिएको बारे अनुसन्धान अधिकृत धामीले तथ्याङक माग गर्दा समेत नदिने र झुक्याउने काम मात्र गरेको ।

चालु आर्थिक वर्षमा प्रहरीले नियन्त्रणमा लिएको कुन–कुन ट्रान्सपोर्ट वा व्यापारीको मालसामानलाई कारबाही गरिएको बारे अधिकृत धामीले प्रहरीले ट्रान्सपोर्टको नाम नै नबताउने गरेको प्रतिक्रिया दिए । तर प्रहरीले नियन्त्रणमा लिई बुझाएको गाडीको बिल बिजकमा ट्रान्सपोर्ट वा फर्मको नाम उल्लेख हुदैन रु भन्ने प्रश्नमा गोलमटोल जवाफ दिदै नाम उल्लेख भएको स्वीकारे । अधिकृत धामीको यस्तो गैर जिम्मेवारी अभिव्यक्तिले राजस्व छलेर अवैध कारोबार गर्ने व्यापारीहरुसंग साँटघाट रहेको प्रमानित हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!