०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

बाँके ट्राफिकले दुर्घटना रोक्न राजमार्गमा राडार गणद्धारा गति मापन गरेर चेकजाँच

Logo
प्रकाशित शनिबार, आषाढ १६, २०८०

(महेन्द्र सिंह)

बाँके । बाँके ट्राफिक प्रहरीले आकस्मिक निरीक्षणसँगै जाँच गर्न थालेको छ। सवारी साधनको गति र लामो दूरीका बसमा दुईजना चालक राख्नुपर्ने प्रावधानको पालना भए नभएको बुझ्न पूर्वपश्चिम र रत्न राजमार्ग क्षेत्रमा प्रहरीले आकस्मिक जाँच सुरु गरेको हो ।


ट्राफिक प्रहरीले लामो दूरीमा चल्ने रात्री र दिवासेवा बसमा अनिवार्य दुई जना चालक राख्ने मापदण्ड बनाएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । जसका कारण चालकहरुमा थकान हुँदा दुर्घटना निम्तने खतरा छ ।

सुत्न नपाइ लामो समयसम्म गाडी चलाउनु पर्ने बाध्यता, तीब्र गति लगायतका कारणले सवारी दुर्घटना हुने गरेको प्रहरीको अध्ययनले बताउँछ । यिनै कारणलाई रोक्न बाँके ट्राफिकले पूर्वपश्चिम राजमार्गमा आकस्मिक निरीक्षणसँगै जाँच गर्दै चालक र गाडीको अवस्थाको समेत निगरानी गर्न थालेको ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गमा पर्ने बाँकेको चप्परगौरी, सुनवल, नाकढुंगा, सर्लाहीमा मोवाइल एफमार्फत लामो दुरीमा दुई जना चालक भए नभएको निरीक्षण गर्ने व्यवस्था छ । तर यसको कार्यान्वयन भने शून्य जस्तै छ । जसका कारण दुर्घटनाको जोखिम कायमै छ ।

दुर्घटना न्यूनीकरण गर्न बाँके ट्राफिक प्रहरीले ठाउँठाउँमा स्पिड राडार गण द्धारा गति मापन गरेर चालकलाई कारवाही गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले बताउनुभयो ।

चालकले मादक पदार्थ सेवन नगरेर गाडी चलाउने, गाडी गुडाउनु अघि गाडीको पाठपूर्जाको अवस्था ठिक भए नभएको राम्रोसँग जाँच गर्ने, ओभरलोड नहाल्ने हो भने पनि धेरैहद सम्म दुर्घटना न्यूनीकरण गर्न सकिने अधिकारीहरुको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!