०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

आईजिपी कुँवरद्वारा एक साता भित्र एसपी डिएसपी इन्सपेक्टरको सरुवा तयारी

Logo
प्रकाशित सोमबार, आषाढ १८, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले यो साता इन्सपेक्टरको सरुवा तयारी गरेका छन् । अत्याधिक चलखेलका कारण चैतमा हुनुपर्ने सरुवा अझै हुन सकेको छैन ।

चीन भ्रमणबाट फर्किएका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई विमानस्थलमा स्वागत गर्न पुगेका प्रहरी महानिरीक्षक बसन्त कुँवर लगायत अधिकारी

गत साता नै सरुवाको तयारी भएपनि मानवस्रोत विभागका एआइजी सन्दीप भण्डारी विदेश भएकाले निर्णय भएन । अर्काेतर्फ गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीन भ्रमणमा गएका थिए । गृहमन्त्री तथा एआइजी स्वदेश फर्किसकेका छन् ।
इन्सपेक्टर सरुवामा प्रहरी महानिरीक्षक कुँवरमाथि अत्याधिक दबाब छ । एकथरीले विगतमा सरुवा मापदण्डविपरीत काजमा गएकालाई त्यही राख्न दबाब दिइरहेका छन् । तर, मापदण्डअनुसार उनीहरुलाई त्यहाँ राख्न मिल्दैन । सोही कारण सरुवा निस्कन नसकेको हो ।

सरुवा नभएपछि आइजिपीले पनि काज निकाल्न थालेका छन् । गत साता ६ इन्सपेक्टरलाई विभिन्न कार्यालयमा इन्चार्जका रुपमा काजमा खटाइएको छ ।

इन्सपेक्टर लक्ष्मण ओलीलाई इप्रका कृष्णनगर, कपिलवस्तु, सन्तोष न्यौपानेलाई प्रहरी प्रभाग बलम्बु, काठमाडौं, दाताराम अधिकारीलाई इप्रका सानोपोखरा, मकवानपुर, धनबहादुर बोहरालाई तनहुँस्थित प्रहरी विद्यालय, शुभेश अधिकारीलाई इप्रका कल्याणपुर सप्तरी र दीपेन्द्र श्रेष्ठलाई इप्रका गीतानगर चितवनमा काजमा खटाइएको छ ।
प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर, डिएसपी र एसपीको सरुवा तयारी गरेको छ । साथै बरिष्ठ सइबाट इन्सपेक्टरमा पनि बढुवाको तयारी छ । ४० पदमा दुई सयभन्दा धेरै प्रतिस्पर्धामा हुँदा बढुवामा पनि समस्या भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!