
(नन्द किशोर कुर्मी)
कपिलवातु । बिजायनगर सशस्त्र सीमा बल , नेपाल प्रहरी र बन कर्मचारी द्वारा बरामद राखेको काठ बरामद गरेको छ I गाउँमै लुकाइ छिपाइ राखेको ४ वटा सिसमको गोलिया झन्डै काठ सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जिल्लाकाे कपिलवस्तु विजयनगर गाउंपालिका ७ दत्तापुर गाउँमा लुकाएर राखिएकाे अवस्थामा १६ क्युफिट सहगवन काे काठ बरामद गरिएकाे जनाएकाे छ। बिहान साढे ११ बजेकाे समयमा सुराकीकाे आधारमा प्रहरीले सहित ३० हजार बराबरकाे काठ बरामद गरेकाे छ । नेपाल को कपिलवस्तु -भारत को बलरामपुर सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र सहगवन काे काठ ल्याउने गरेका छन
। विजयनगर गाउंपालिकाका वडा ५ ठाकुरापुरका बन कर्मचारीले जनाएको छ, भारतिय जंगल संग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,कटुवा घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन