०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

नेपाल प्रहरीले कसूर अनुसन्धान गर्ने निकायहरू बीच छलफल तथा अन्तरक्रिया

Logo
प्रकाशित मंगलबार, आषाढ १९, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । राष्ट्रिय अपराध सूचना केन्द्रको स्थापना र अपराध सम्बन्धी अभिलेखको सूचना आपसमा आदान प्रदान गर्न समन्वयका लागि कसूरको अनुसन्धान गर्ने निकायहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा आभारसहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कसूर अनुसन्धान गर्ने निकायहरू राष्ट्रिय अपराध सूचना केन्द्रमा आवद्ध भएमा सूचनाको आदानप्रदानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो हुने बताउनुभयो । सूचना केन्द्रलाई पूर्णरूपमा कार्यान्वयन गरी सबै सरोकारावाला निकायहरूबीच आपसी सहयोग एवं समन्वय गरी सूचना आदान प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । व्यक्तिको गोपनियता र मौलिक हकलाई मध्यनजर गर्दै अनुसन्धानलाई सहजिकरण गर्नका लागि कुनै पनि अपराधमा संलग्न रहेका व्यक्तिहरूको विवरण आदानप्रदान गर्न सकेमा कसूर अनुसन्धान गर्ने निकायहरू लाभान्वित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रमको विषयवस्तु र उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो ।

सूचना केन्द्र साझेदारीको आवश्यकता, नेपाल प्रहरीलाई प्राप्त जिम्मेवारी, हालसम्मको प्रगति, कार्यान्वयनका लागि गर्नुपर्ने कार्यहरू, तत्काल गर्न सकिने कार्यहरू लगायतका विषयमा आधारित रहेर सहभागीहरूबीच छलफल तथा अन्तरक्रिया भएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्यले राष्ट्रिय अपराध सूचना केन्द्रको परिचय र स्थापनाको उद्देश्य लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक, राजश्व अनुसन्धान विभागका महानिर्देशक, वैदेशिक रोजगार विभागका महानिर्देशक, आन्तरिक राजश्व विभागका महानिर्देशक, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता, प्रहरी नायव महानिरीक्षकहरू, वन तथा भू-संरक्षण विभागका उप-महानिर्देशक, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको सचिवालयका प्रतिनिधि, भन्सार विभागका प्रतिनिधि, नेपाल राष्ट्र बैंक वित्तीय जानकारी ईकाईका प्रतिनिधि लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!