०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

दाङको लमही बसपार्कमा विद्युतीय चार्जिङ स्टेसन स्थापना

Logo
प्रकाशित बुधबार, आषाढ २०, २०८०

 

(ABC-Sanchar)

दाङ । जिल्ला भित्रका स्थानीय रुटसँगै पूर्व–पश्चिम राजमार्गमा चल्ने साना तथा ठूला सवारी साधनलाई मध्यनजर गर्दै लमही नगरपालिका–५ को बसपार्कमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिएको हो ।

विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि स्थानीय रुटमा सञ्चालन हुने विद्युतीय गाडीसँगै पूर्व–पश्चिम राजमार्गमा गुड्ने विद्युतीय सवारी साधनलाई सहज भएको छ । नेपाल सरकारले विद्युतीय गाडीको प्रयोगलाई प्राथमिकता दिन थालेपछि सबैजसो जिल्लामा चार्जिङ स्टेसन निर्माण हुन थालेको छ । एसियाली विकास बैङ्कको लगानीमा विद्युतीय चार्जिङ स्टेसन निर्माण भएको हो । त्यसका लागि दुईवटा चार्ज गर्ने विद्युतीय मेसिन राखिएको छ ।

तेलको मूल्य वृद्धिसँगै तेल नपाइँदा समस्यामा पर्ने सेवाग्राहीलाई विद्युतीय चार्जिङ स्टेसनले सहज हुने नेपाल विद्युत प्राधिकरण लमहीका प्राविधिक प्रमुख कमल पुनले बताए । सवारीधनीलाई चार्जिङमा सहजताका लागि अनलाइनमार्फत् भुक्तानीको व्यवस्था गरिएको छ । प्राविधिक प्रमुखका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय गाडी चार्ज गर्न आउनेको सङ्ख्या समेत बढ्दै गएको छ ।

‘लमहीमा चार्जिङ स्टेसन निर्माण भएपछि हामीले मिटर जडान गरेर लाइन जोडेपछि असारदेखि सुरु भएको छ’, लमही शाखा प्राविधिक प्रमुख पुनले भने, ‘प्राविधिक रूपमा हामीले केही सहयोग गरे पनि सम्पूर्ण काम एसियाली विकास बैङ्कले आफै गरेको छ ।’ सवारी साधनलाई चार्ज शुल्क व्याट्रीको साइजअनुसार लाग्ने उनले बताए । गाडीलाई चार्जका लागि प्रतियुनिट ५ रूपैयाँ ६ पैसाका दरले लिने व्यवस्था गरेको, जसअनुसार व्याट्रीको साइजअनुसार चार्ज शुल्क लाग्ने छ ।

साना हलुका सवारीहरू पौनेघण्टामै चार्ज हुन्छ भने ठुला गाडीको हकमा गाडीको क्षमता हेरेर ३० मिनेटदेखि २ घण्टामा चार्ज हुन समय लाग्ने विद्युत प्राधिकरण लमहीका प्राविधिक प्रमुख पुन बताउँछन् । प्राविधिक प्रमुख पुनकाअनुसार एसियाली विकास बैङ्कले ५ वर्षसम्म आफै सञ्चालन गर्ने र त्यसपछि नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने भएको छ ।

लमहीमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै स्थानीयलाई सहज भएको लमही नगरपालिका–५ निवासी डा पुष्पराज भुसालले बताए । डिजेल तथा पेट्रोलको मूल्य वृद्धिले मारमा परेका सवारी साधनका प्रयोगकर्तालाई विद्युतीय चार्जिङ स्टेसनले सहज हुने गरेको बताए । ‘साना गाडी घरमा चार्ज गर्न मिल्थ्यो तर ठुला गाडीलाई समस्या थियो’, उनले भने, ‘लमही स्थित बसपार्कमा चार्जिङ स्टेसन निर्माण भएपछि सहज भएको छ ।’ पछिल्लो समय जिल्लामा विद्युतीय गाडीको प्रयोग बढ्दै गएपछि जिल्लाका विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेसन खुल्न थालेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!