
(ABC-Sanchar)
दाङ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका पद्मोदय पब्लिक उच्च मावि भरतपुरका प्रशासन प्रमुख मिनेस श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत दाङका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले श्रेष्ठलाई १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए ।
प्रशासन प्रमुख मिनेस श्रेष्ठले असार ६ गते यौन दुर्व्यवहार गरेको भन्दै १० कक्षामा अध्यनरत बालिकाले प्रहरी किटानी जाहेरी दिएकी थिइन । किटानी जाहेरी परेकै दिन असार ७ मा दाङ प्रहरीले श्रेष्ठलाई बाल यौन दुर्व्यवहार कसुरमा मुद्दा चलाएको थियो ।