०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

चालक अनुमतिपत्र लाइसेन्सको राजस्व भुक्तानी अनलाइनबाटै गर्न मिल्ने

Logo
प्रकाशित बुधबार, आषाढ २०, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । पहिलो पटक परीक्षणका रुपमा गण्डकी प्रदेशले यो सेवाको सुरुवात गरेको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त अनलाइन सेवाको सुरुवात गरेका हुन् ।

उनले यातायात व्यवस्था कार्यालयमा ठूला लाइन र बिचौलियामुक्त गर्ने उद्देश्यले उक्त अनलाइन सेवा सुरु गरेको बताए । साविककै प्रणालीमा सुधार गरी यातायात व्यवस्था विभागले अनलाइनबाटै राजस्व भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको हो । विभागका अनुसार लिखित र ट्रायल परीक्षामा पास भएकाले अनलाइनबाटै राजस्व तिर्न सक्ने छन् । यो प्रणाली पूर्ण रुपमा लागू भएपछि कनेक्ट आईपीएस, ईसेवा, खल्तीजस्ता गेटवेमार्फत लाइसेन्सको राजस्व भुक्तानी गर्न मिल्ने विभागले जनाएको छ ।
अहिले सवारी चालक अनुमति पत्रका लागि दैनिक ६ देखि ७ हजारले आवेदन दिने गरेका छन् । त्यसका लागि राजस्व बुझाउनदेखि स्वास्थ्य परिक्षण गर्नसम्म सेवाग्राही लाइनमा बस्नुपर्ने बाध्यता छ । लाइन बस्नुपर्ने बाध्यता हटाउँदै सेवाग्राहीलाई घरमै सेवा उपलब्ध गराउनेगरी अनलाइन सेवा सुरु गरिएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । ‘अहिले गण्डकी प्रदेशमा परीक्षणका रुपमा यो सेवा सुरु गरिएको हो,’ उनले भने, ‘यसलाई १५/२० दिन हेरिने छ, त्यसपछिको एक महिनाभित्र सबै यातायात व्यवस्था कार्यालयहरुबाट सेवा सुरु गरिने छ ।’

लिखित परीक्षा दिन, बायोमेट्रिक गर्न र ट्रायल दिन मात्रै यातायात कार्यालयमा भौतिक रूपमा उपस्थित भए पुग्ने महानिर्देशक भट्टराईको भनाइ छ । अनलाइनबाट राजस्व भुक्तानीको सेवा सुरु गरेपछि सेवाग्राहीलाई सहज हुने अनुमान गरिएको गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!