०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

कैलालीमा मोबाइल चलाउने लतले गयो ९ वर्षीय बालकको ज्यान

Logo
प्रकाशित बिहिबार, आषाढ २१, २०८०

(ABC-Sanchar)

धनगढी । आजभोलि बालबालिकाहरूले धेरै समय मोबाइलमा बिताउने गरेको पाइन्छ। अभिभावकहरूको लागि पनि बालबालिका भुल्काउने गतिलो माध्यम बनेको छ, मोबाइल।

आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरू छन्। जसले गर्दा बालबालिकामा बिस्तारै मोबाइल खेलाउने एक प्रकारको लत नै बस्न थालेको छ। त्यही लतका कारण कैलालीमा एक बालकले ज्यानै गुमाउन पुगेका छन्।

ती ९ वर्षका बालकले आफ्नो प्राण नै लिएका छन्। अस्ति साँझ गोदावरी नगरपालिका-७ हरैयाका भवन चौधरीका छोरा पुन्टुले आफ्नै ज्यान लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बुवाआमासँग मोबाइल माग्दा नदिएपछि उनले रिसको आवेगमा आफ्नै ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पुन्टुले आफ्नै एक तले कच्ची घरको सुत्ने कोठामा सलले पासो लगाएको प्रहरीले जनाएको छ। प्रहरीले घटना थप अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

error: Content is protected !!