
ABC (क्राईमबिट)
सिरहा । नरहा गाउपालिका वडा न-३ नयाचौक चैहर्वामा रहेको सव डिभिजन वन कार्यलय चोहर्वा अगाडि बेवारिसे अब्स्था एक पुरुषको शव फेला परेको छ ।
पुर्व-पश्चिम राजमार्ग अन्त्रगत पर्ने नयाचौक चोहर्वामा सडक छेउमै लडेर मृत्यु भएको अब्स्थामा एक पुरुषको शव फेला परेको हो ।पुरुषले निलो पैन्ट,कालो सर्ट,मुखमा कालो माक्स,टाउकोमा कालो टोपि र साइकलको पछाडीमा झोला र छाता रहेको छ ।
मृत अब्स्थामा फेला परेको शवको पहिचान अहिले खुल्न नसकेको इलका प्रहरि कार्यलय मिर्चैयाका इन्स्पेकटर सोनु साहले जान्कारी दिए ।