०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

नेताका पिएसओका रुपमा कार्यरत बरिष्ठ सईहरुले बढुवामा दबाब दिएको : गृहमन्त्री

Logo
प्रकाशित शुक्रबार, आषाढ २२, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरीमा इन्सपेक्टरको ३७ पद रिक्त भएको एक महिना भइसकेको छ । तर, अझै बढुवाको सुरसार छैन । बढुवामा अत्याधिक चलखेल हुँदा इन्सपेक्टर बढुवामा ढिलाई भइरहेको छ ।

 

बढुवाका नेताका पिएसओका रुपमा कार्यरत बरिष्ठ सईहरुले दबाब दिएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले खुलासा गरेका छन् । शुक्रबार निवासमा पत्रकारहरुसँगको कुराकानीमा २६ जना पिएसओको सिफारिस आएको बताए । ‘इन्सपेक्टरको रिक्त पद ३७ जना छ, तर २६ जना त पिएसओकै सिफारिस आएको छ, कसरी बढुवा गर्ने ?’ उनले भने,‘सिफारिस गर्दैमा उनीहरुको बढुवा हुँदैन, नियमअनुसार निष्पक्ष मूल्याङकनका आधारमा नै इन्सपेक्टर बढुवा गर्छाै ।’

३७ पदका लागि दुई सयभन्दा धेरै अधिकृत प्रतिस्पर्धामा छन् । सबैले पावर लगाएकाले क–कसलाई बढुवा गर्ने सहमति हुन नसकेको हो । इन्सपेक्टर बढुवामा फिल्डमा काम गर्ने भन्दा नेताका पिएसओ बसेकाहरु सधैं अगाडि हुने गरेका छन् । जसकारण राम्रो काम गर्ने अधिकृतहरुमाथि अन्याय हुने गरेको छ । यसपटक चाकडी भन्दा कार्यक्षमताका आधारमा बढुवा गर्नुपर्ने दबाब गृह र प्रहरी नेतृत्वमाथि छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

error: Content is protected !!