२१ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
×

नेपाली काङ्ग्रेसबाट कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ

Logo
प्रकाशित शुक्रबार, आषाढ २२, २०८०

(ABC-Sanchar)

काठमाडौं । नेपाली काङ्ग्रेसबाट कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शुक्रबार शपथ लिँदैछन् । प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।

मुख्यमन्त्रीले बिहान ९ बजे शपथ लिने कार्यक्रम तय भएको छ । शपथ ग्रहणलगत्तै मुख्यमन्त्री उनले केही मन्त्री नियुक्त गर्ने तयारी समेत गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बिहीबार प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । अहिले गढवा गाउँपालिकामा पनि उहाँको नाम जोडेर चर्चा हुन थालेको छ। गढवा पछिल्लो स्थानीय निर्वाचनमा माओवादी केन्द्रले जितेको पालिका हो, अहिले अध्यक्षमा यमनारायण शर्मा पोखरेल हुनुहुन्छ। तर पछिल्लो समय पालिकाको विकास, सुशासन र नेतृत्व परिवर्तनको विषयलाई लिएर स्थानीय स्तरमा नयाँ विकल्पको खोजी भइरहेको छ, र त्यही खोजीमा बाबुराम अधिकारीको नाम अगाडि आएको […]

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।