०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

बाजुरामा कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्षका छोरा दिलीप केसी पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ २२, २०८०

(ABC-Sanchar)

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका-७ का वडाध्यक्ष भुवनसिंह केसीका छोरा दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार योजनाको भुक्तानीबारे विवाद हुँदा कर्मचारीमाथि हातपात र गालीगलौज गरेको आरोपमा प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो।

प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथका अनुसार केसीले बिहीबार दिउँसो नगरपालिकामा नाथसहित र इन्जिनियर उपेन्द्र साउदलगायतका कर्मचारीमाथि हातपात तथा गालीगलौज गरेका हुन् । केसीले सुरु नै नभएको योजनाको भुक्तानी दिनुपर्ने, योजनाको स्टमेट परिवर्तन गरिदिनु पर्ने भनेपछि विवाद भएको प्रमुख प्रशासकीय अधिकृत नाथले बताए ।

प्रमुख प्रशासकीय अधिकृत नाथले प्रशासनसँग भने, योजनाको काम नै भएको छैन, तर बिल उठाएर पूरै भुक्तानी दिनुपर्ने भनेपछि हामीले हुँदैन भन्यौँ, ‘उनले थपे, सरकारले नै २४ पछि भुक्तानी नदिनु भनेर परिपत्र गरिसकेको छ ।’ ‘अर्को एक अर्को योजनाको पनि स्टमेट चेन्ज गरिदिनु पर्‍यो भनेर उहाँले दबाब दिनुभयो, हामीले नमानेपछि केसीले कर्मचारीमाथि हातपात र गालीगलौज गरे,’ प्रमुख प्रशासकीय अधिकृत नाथको भनाई छ ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख (डिएसपी) कवीन्द्र बोहराका अनुसार केसीलाई नियन्त्रणमा लिइएको छ । कर्मचारी र केसीबीच दोहोरो गालीगलौज मात्रै भएको केसीको भनाई छ ।

उनले भने, ‘हातपात भएको छैन, गालीगलौज चाहिँ भएको देखिन्छ त्यो पनि दोहोरो भाछ ।’ ‘हामीले एक जनालाई नियन्त्रणमा लिएका छौ, अनुसन्धान हुदैछ,‘उनको भनाई छ ।

कर्मचारीमाथि हातपात र गालीगलौज गरेको भन्दै नेपाल निजामती कर्मचारी सङ्गठन बाजुराले विज्ञप्ति जारी गर्दै कर्मचारीमाथि हातपात गर्नेमाथि कारबाही गर्न माग गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!