०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

प्रहरी संगठनको सुदृढिकरणका लागि उपयुक्त वातावरण सिर्जना भएको छ आईजिपी : कुँवर

Logo
प्रकाशित शुक्रबार, आषाढ २२, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरी कार्ययोजना २०८० चालु आर्थिक वर्षको गत ३ महिनाका मुख्य उपलब्धीहरूका साथै समसामयिक विषयमा केन्द्रित रहँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्नु भएको छ ।

प्रहरी महानिरीक्षक कुँवरले तालुक गृहमन्त्रालयबाट प्राप्त निर्देशन अनुरूप संगठनको सुदृढिकरणका लागि उपयुक्त वातावरण सिर्जना भएको उल्लेख गर्नुभयो ।

प्रहरी संगठनलाई थप सुदृढ बनाउँदै अघि बढ्न सञ्चारकर्मीहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै जाने विषयमा प्रहरी महानिरीक्षकले विशेष: जोड दिनुभएको छ ।

सञ्चारकर्मीहरू माझ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले चालू आर्थिक वर्षको गत तीन महिनाको उल्लेख्य प्रगति विवरणहरु प्रस्तुत गर्दै सञ्चारकर्मीहरूद्वारा राखिएका जिज्ञासाहरूको निरूपण समेत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसीले नेपाल प्रहरी कार्ययोजना-२०८० को संक्षिप्त प्रस्तुतीकरण गर्दै बेन्चमार्क गतिविधिहरूका बारेमा जानकारी दिनुभएको थियो ।

नेपाल प्रहरीले गर्दै आईरहेको कार्यलाई योजनावद्ध एवं व्यवस्थित ढङ्गले सम्पादन गर्न आगामी दुई आर्थिक वर्षका लागि तयार गरिएको नेपाल प्रहरी कार्ययोजना-२०८० आगामी साउन १ गतेबाट विधिवत रूपमा कार्यान्वयनको चरणमा जाने छ ।

प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको साथै विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!