ABC (क्राईमबिट)
पर्सा । वीरगञ्ज महानगरपालिका हनुमान मन्दिर चोक स्थित रहेको जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नं.३ बस्ने सुरेन्द्र प्रसाद यादवको घरमा सटर भाडामा लिइ रासायनिक मल गोदाम संचालन गरी जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.२ बस्ने वर्ष २८ को दिपेश कुमार साहले नेपाल सरकारले किसानलाई राहत स्वरूप वितरण गर्न दिएको साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको खेती शक्ति युरिया मल ५० के.जी.को बोराबाट बोरा पल्टी गरी भारतीय युरिया मलको ४५ के.जी.को बोरामा राखि प्याकिङ गरी अनाधिकृतरूपमा कालो बजारी गरी बिक्री वितरण गरिरहेको भन्ने विशेष सुचनाको आधारमा श्रीपुर वडा प्रहरी कार्यालय मातहत तथा प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले उक्त गोदाम कोठाको कानूनी रीतपुर्याई खानतलासी गर्दा साल्ट ट्रेडिङ करपाेरेशन लिमिटेडको खेती शक्ति युरिया मल ५०केजीको ४५ बोरा ,भारतीय जन उर्वरक परियोजनाको युरिया मल ४५केजि को १५ बोरा ,युरिया मल ओसारपसार कार्येमा सन्लग्न BR 01AS -3536 नम्बरको बजाज पलाटिना माेटर साईकल १ थान, सालट ट्रेडिङ कर्पोरेसन लिमिटेडको खेती शक्ति युरिया मल ५० केजीको खाली बोरा ३२ थान , भारतीय जन उर्वरक परियोजनाको युरिया मल ४५ केजीको खाली बोरा १६ थान निज दिपेश कुमार साह समेतलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निज विरुद्द कालो बजारी अन्तर्गत कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी नायव उपरीक्षक एवम् प्रव्क्ता दिपक गिरिले जानकारी गराउनु भएको छ।