०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

जग्गाधनी हरुलाई लालपुर्जा वितरण सुरु

Logo
प्रकाशित आइतबार, आषाढ २४, २०८०

(ABC-Sanchar)

धनगढी । राष्ट्रिय भूमि आयोग कञ्चनपुरले अव्यवस्थित बसोबास गर्ने जग्गाधनीलाई जग्गाधनी लालपुर्जा वितरण सुरु गरेको छ । पहिलो चरणमा जिल्लाको कृष्णपुर नगरपालिकास्थित शान्तिपुरमा लालपुर्जा वितरण गरिएको हो ।

पहिलो चरणमा कृष्णपुर नगरपालिकाका ६५ जनालाई जग्गाधनी लालपुर्जा वितरण गरिएको जिल्लास्थित राष्ट्रिय भूमि आयोगका अध्यक्ष देवेन्द्र ढुङ्गानाले जानकारी दिए । उनले क्रमशः बेदकोट, दोधाराचाँदनी, बेलौरी नगरपालिकामा जग्गाधनी लालपुर्जा वितरण गर्ने तयारी थालिएको बताए । शान्तिपुरमा विसं २०२४ देखि मानव बस्तीको विकास भएको थियो ।

‘कृष्णपुर नगरपालिकाबाट अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्न सुरु गरिएको छ’, आयोगका अध्यक्ष ढुङ्गानाले भने, ‘बेदकोट, दोधारा चाँदनी र बेलौरीमा पुर्जा वितरणको तयारी भइरहेकाले क्रमशः सबैलाई वितरण गरिने छ ।’

कृष्णपुर नगरपालिका-७ शान्तिपुरका रामबहादुर चौधरीको एक बिघा ऐलानी जमिन छ । वर्षौँदेखि यहाँ बसोबास गर्दै आएका उनले जग्गाधनी पुर्जाका लागि भूमि आयोग गठन भएपिच्छे पटक पटक फाराम भरे पनि विभिन्न बहानामा जग्गाधनी पुर्जा पाएका थिएनन् । लामो समयपछि यस पटक भने रामबहादुरले तीन कट्ठा जमिनको लालपुर्जा पाएका छन् ।

‘दाङबाट बाजे बसाइँ सराइ गरेर यहाँ आएका हो, हरेक आयोगमा फाराम भरियो’, उनले भने, ‘लामो समयपछि यस पटक भोगचलन गरेको तीन कट्ठा जग्गाको पुर्जा पाएका छौँ ।’ उपभोग गरेको वर्षौँपछि जग्गाधनी पुर्जा पाएपछि उनी खुसी छन् । विसं २०६३ मा सेतो पुर्जा पाएको जमिनको अहिले लालपुर्जा पाएको उनले बताए ।

‘हजुरबुवाले उपभोग गरेको जमिनको लालपुर्जा नातिको पालामा पाइयो, वर्षौँपछि भए पनि पुर्जा पाउँदा खुसी लागेको छ’, रामबहादुरले भने, ‘बाँकी जमिनको पनि चाडै पुर्जा पाए हुन्थ्यो ।” उनले आफ्नोसहित केही जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । लालपुर्जा भएपछि तरकारी खेतीमा लगानी गर्न तथा अन्य धेरै कुरामा सहज हुने उनको विश्वास छ ।

‘लालपुर्जा नहुँदा तरकारी खेतीमा लगानी गर्नका लागि ऋण निकाल्न सकिएको थिएन, अब लगानी कम परेमा बैंकमा धितो राखेर ऋण लिन र थप गर्न सजिलो हुन्छ’, रामबहादुरले भने।

केही दिनअघि एक कार्यक्रमको आयोजना गरेर जग्गाधनी पुर्जा हस्तान्तरण गरिएको नगर प्रमुख हेमराज ओझाले बताए । जग्गा भोग गरिरहेका तर जग्गाधनी प्रमाण पुर्जा नभएका सबैलाई जग्गाको मालिक बनाइन्छ, यस कार्यको सुरुआत भएको छ’, उनले भने, ‘अब अन्य वडामा पनि पुर्जा वितरण गरिनेछ ।’

भूमि आयोगका अध्यक्ष ढुङ्गानाका अनुसार अहिले नौवटै पालिकामा नापी गर्न बाँकी जमिनको नापीको काम चलिरहेको छ । कृष्णपुर नगरपालिका-५ र ६ मा नापीको काम बाँकी छ । बेदकोट नगरपालिकामा जग्गा नापीको काम सकिएको छ । ‘नापी सकिएको वडामा धमाधम पुर्जा वितरण गरिन्छ’, उनले भने, ‘हामीसँग जनशक्ति कम छ, स्थानीय तहले जनशक्ति व्यवस्थापन गरिदिने आश्वासन दिएका छन् ।’

बेलौरी नगरपालिका-४, ९ र १० मा नापी सकिएको छ भने वडा नं २ मा चलिरहेको छ । पुनर्वास नगरपालिका-४, ५ र ९, लालझाडी-४ र ५, बेलडाँडी-२ र ५, दोधारा चाँदनी-८ तथा भीमदत्त नगरपालिका-४ र १७ मा नापीको सकिएको छ । शुक्लाफाँटा नगरपालिकामा पनि दुई वडामा मात्रै नापी सकिएको छ । जिल्लाभर अव्यवस्थित बसोबासका ७० हजार बढी निवेदन परेका भूमि आयोग कञ्चनपुरले जनाएको छ ।

आयोगका अध्यक्ष ढुङ्गानाका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासीका ४५ सय र अधुरो काम (पनक्सा र फिल्ड बुक भएका र सेतो पुर्जा पाएका) ६५ सयले निवेदन दिएका छन् । पहिलो चरणमा अव्यवस्थित बसोबासीको छानबिन गरेर पुर्जा वितरणपछि भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अधुरो कामका निवेदनमाथि छानबिन गर्ने भूमि आयोगको तयारी रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!