०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

कपिलवस्तु  विजयनगरमा एक महिना नबित्दै पिपिसी ढलान भत्कियो?

Logo
प्रकाशित सोमबार, आषाढ २५, २०८०

(ABC-Sanchar)

कपिलवस्तु । विजयनगर गाउँपालिकाको वडा नम्बर ५ मा निर्माण भएको कल्भर्टको छेउको पिपिसी ढलान भत्किएको छ । निर्माण भएको एक महिना नबित्दै पिपिसी बाटो ढलान भत्किएको स्थानीयले जनाएका छन् । देवीपुर कृषि बाटोमा कल्भर्ट निर्माण गरिएको बाटोको २ मिटर लामो पिपिसी ढलान भत्किएको बताएका छन् । गाउँपालिकाले समयमै अनुगमन नगर्दा उपभोक्ता समितिले गुणस्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन् ।

यता गाउँपालिका इन्जिनियर नविन डुम्रेले नयाँ माटो पटान भएकोले भत्किएको बताए । उनले नयाँ माटोमा पिपिसी ढलान गर्दा पिपिसीसहित बाटो भत्किएको बताए । उनले कल्भर्ट पिपिसी लगायत निर्माणको भुक्तानी नभएको र पुनः निर्माण नभएसम्म भुक्तानी नहुने बताए ।

यस्तै देवीपुर कृषि बाटोमा कल्भर्ट उपभोक्ता निर्माण समितिका अध्यक्ष चित्र बहादुर बलालले भत्किएको पिपिसी ढलानको काम सुरु गरिएको बताए । उनले नयाँ माटो पटान भएकोले पिपिसी ढलान भत्किएको बताए । उनले पिपिसी निर्माण भएको ६,७ दिन नबित्दै रातिको समयमा ट्रेक्टरमा आउँदा पिपिसी ढलानको दुबै छेउ भत्किएको बताए ।

गाउँपालिकाको ४ लाख रुपैयाँको लागतमा देवीपुर कृषि बाटोमा कल्भर्ट सहित बाटो पिपिसी  निर्माण भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!