
ABC (क्राईमबिट)
सुनसरी । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यका साथ तालुक आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोग तथा सहकार्य र यस कार्यालयको आयोजनामा मिति २०८०।०३।१९ गते मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नं. ७ स्थित सिटि प्यालेसमा कोशी प्रदेशका तत्कालिन माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीज्यूको प्रमुख आतिथ्यतामा समुद्धघाटन
भई प्रदेशका १४ वटै जिल्लामा एकै साथ संचालन भएको “ट्राफिक सप्ताह २०८०” सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन गरी आज मिति २०८०।०३।२५ गते सुनसरी जिल्लाको धरान उप-महानगरपालिका वडा नं. १ स्थित उद्योग वाणिज्य
संघको हलमा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मनोज कुमार यादवज्यूको अध्यक्षता तथा तालुक कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा उद्योग वाणिज्य संघ धरान, यातायात व्यवसायी, मजदुर, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, सरोकारवाला निकाय, बुद्धिजीवि, पत्रकार लगायत १५० जनाको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिनुका साथै सहभागिहरुको तर्फबाट उठेका विविध जिज्ञासाहरुको कार्यक्रमका प्रमुख अतिथीज्यूबाट सम्बोधन गर्नुभई कार्यक्रमका अध्यक्षज्यूबाट ट्राफिक सप्ताह २०८० लाई भव्य रुपमा समापन गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण निकायहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । साथै अन्य जिल्लाहरुमा समेत जिल्लाका विशिष्ट व्यक्तित्वहरु, स्थानिय निकायका जन-प्रतिनिधी, यातायात व्यवसायी, पत्रकार, सरोकारवाला निकायका प्रतिनिधीहरु लगायत ९०० जनाको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरी समापन गरिएको थियो ।