०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

सशस्त्र प्रहरी बल भित्र लेखा र कानून समूहका कर्मचारीको चलखेलले

Logo
प्रकाशित मंगलबार, आषाढ २६, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । प्रशासनतर्फ महिनौंदेखि बढुवा रोकिदा लेखा र कानुनका केही कर्मचारीलाई बढुवा गर्न हालै बढुवा प्रक्रिया अघि बढाइएको छ ।

गत २० असारमा सशस्त्र प्रहरी बलले कानून र लेखा उपसमूहका डिएसपी पदमा बढुवाका लागि सूचना निकालेको छ । कानून उपसमूहकी इन्सपेक्टर सत्यदेवी बस्नेत तथा लेखाका केही इन्सपेक्टरलाई बढुवाका लागि प्रक्रिया अघि बढाइएको स्रोत बताउँछ । बस्नेत सि.स ९ इन्सपेक्टर हुन् । प्रशासनतर्फ सिंस ७ का अझै इन्सपेक्टरमै छन् ।

त्यस्तै, सिंस ९ कै तुलसिंह केसीलाई पनि लेखातर्फ डिएसपी बनाउन लागिएको छ । लेखामा अकुत आर्जन गरेका केसीसहित डोलराज अर्याल, कल्याणका सन्तोष चन्द लगायत अहिले बढुवा हुने प्रयासमा छन् ।

लेखा र कानून उपसमूहकै कारण सशस्त्र प्रहरी अस्तव्यस्त बनेका छ । यी उपसमुहका कर्मचारीले अकुत आर्जन गरेका त्यही पैसाको बलमा आफु अनुकुल निर्णय गराउन नेतृत्वलाई दबाब दिने गरेका छन् ।

जसका कारण इन्फिन्ट्री’ तर्फका कर्मचारी अन्यायमा पर्दै आएका छन् । लेखाका एसएसपी होम ज्ञवाली तथा कानुनका युवराज अर्यालले संगठनभित्र अनावश्यक चलखेल गर्दै आएका छन् ।

अर्काेतर्फ सशस्त्र प्रहरीको आकर्षक पोस्टिङ मानिने मर्मत शाखामा चार वर्षदेखि डिएसपी सरोज बस्नेतको रजाई छ । त्यस्तै कहिल्यै फिल्डमा काम नगरेका डिएसपी बिनोद कार्कीलाई सीमा विभागका एआइजी वंशी दाहालले सीमा हटलाइनको कमाण्डर बनाएपछि सशस्त्र प्रहरीभित्र चर्चाको विषय बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!