०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

कमिसनको खेलले नेपाल प्रहरीको ३० करोड रुपैयाँ बजेट गुमियो

Logo
प्रकाशित मंगलबार, आषाढ २६, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरी अस्पतालका केही अधिकृतको कारण एमआरआई मेसिन खरिदका लागि आएको पैसा फिर्ता भएको हो ।

अस्पतालकी प्रमुख एआइजी डा.आशा सिंहले मेडिकल व्यापारीसँग मिलेर एमआरआई खरिदको प्रक्रिया अघि बढाएकी थिइन् । त्यसक्रममा टेण्डर प्रक्रियामै त्रुटी हुँदा टेण्डर रद्द भएको छ । यो आर्थिक वर्षभित्र अर्काे टेण्डर गर्न समय नभएपछि करिब ३० करोड गुमेको हो ।

अस्पतालका पदाधिकारीले पाँच करोड रुपैयाँ कमिसनको डिल गरी सिमेन्स नामक चिनियाँ कम्पनीको नेपाल एजेन्ट रहेको इष्टवेष्ट कन्सर्नसँग एमआरई खरिद गर्न लागिएको थियो । अन्य कम्पनीको एमआरइ प्राविधिक रुपमा पास नै हुन नसक्ने गरी टेन्डर डकुमेन्ट बनेको थियो ।

जसकारण टेण्डर प्रक्रियामा अन्य प्राविधिक त्रुटी पनि भएपछि खरिद प्रक्रिया रद्द भएको हो । आर्थिक वर्षको सुरुमै खरिद प्रक्रिया सुरु गर्नुपर्नेमा फागुनमा मात्र सुरु गरिएको थियो । अस्पतालको असक्षम नेतृत्वका कारण प्रहरीलाई ठूलो धक्का लागेको छ ।

यसमा एआइजी सिंह, इन्सपेक्टर सुरेन्द्र केसी लगायतको चलखेल मुख्य कारण भएको अस्पताल स्रोत बताउँछ । त्यसो त अस्पतालमा हरेक सामान सेटिङमा मात्र खरिद हुने गरेको छ । लक्ड स्पेसिफिकेसनकै आधारमा अस्पतालले सी–आर्म मेसिन खरिद गरेको थियो ।

हाल एफपिडी प्रविधिको सी–आर्म आइसकेकोमा अस्पतालले मिलेमतोका आधारमा सिसिडी प्रविधिको सिआर्म उच्च मूल्यमा खरिद गरेको छ । जीआइ कम्पनीको सी–आर्मसँग मिल्ने स्पेशिफिकेसन बनाएर ठेक्का भएको हो ।

जसअनुसार वास्तविकभन्दा दोब्बर मूल्यमा खरिद भएको अस्पताल स्रोत बताउँछ । जीआइका प्रतिनिधि विमल उप्रेती र अस्पतालका अधिकारीबीच कमिसनमा डिल भएर सो खरिद भएको हो । ७० लाख पर्ने मेसिनलाई एक करोड १८ लाखमा खरिद गरिएको छ ।

यो लगायत प्रहरी अस्पतालका ठेक्काका अनियमिताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेकोमा विस्तृत छानबिन हुनसकेको छैन । प्रहरीमा शुद्धीकरणको नारा लिएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर प्रहरी अस्पतालको भ्रष्टाचारमा गम्भीर हुनुपर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!