
ABC (क्राईमबिट)
बिराटनगर । असार २० गते राति साढे ८ बजेको समयमा मोरङ विराटनगर–४ दुधफारमस्थित कोशी राजमार्गमा साइकल चालक विराटनगर–६ बस्ने २७ वर्षीय पवन साहलाई कुटपिट गरेको आरोपमा प्रहरीले १९ वर्षीय आयुष भेटुवाल पक्राउ गरेको हो।
पवनलाई विपरीत दिशाबाट कारमा आएकाहरुले अमानवीय तरिकाबाट कुटपिट गरेको सिसी क्यामेराको भिडियो सार्वजनिक भएको थियो।
प्रहरीका अनुसार बा. १५ च. ३४४५ नम्बरको कारमा सवार आयुषसहित कुशल भेटुवाल र रोशन कार्कीले साहमाथि कुटपिट गरेका हुन्। कारबाट झरेर साहमाथि मुक्का प्रहार गर्दै घिसारेर घाइते बनाएको उनीहरुमाथि आरोप छ।
आरोपितमध्ये आयुषलाई पक्राउ गरिएको र दुई जना फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ। उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडि बढाइएको जनाइएको छ।