०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

दाङ राप्ती तटबन्ध निर्माण गर्न कम्पनीसंग सरोकारवाला निकायको छलफल सम्पन्न

Logo
प्रकाशित बुधबार, आषाढ २७, २०८०

(ABC-Sanchar)

दाङ । प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले राप्ती करिडोर निर्माणलाई लक्षित गरेर सुरु भएको बृहत राप्ती तटबन्ध अभियानलाई तिब्र पार्न पहल लिएका छन् ।तटबन्ध आयोजना संग जोडिएका निकायहरुको विचमा मंगलबार लमहीमा छलफल आयोजना गरेर हाल देखिएका समस्या समाधान गर्न पहल लिएका हुन् । ‘राप्ती नदीमा बर्षेनी हुने डुबान कटानको समस्या समाधान गर्न आयोजना कोशेढुंगा सावित हुने छ’ प्रतिनिधि सभा सदस्य चौधरीले भने,‘पूर्वमा भालुबाङ देखी पश्चिममा बाँके सम्मको दुवै किनारलाई कोरिडोरको रुपमा विकास गर्दै लैजाने योजना छ ।’

राष्ट्रिय गौरवका आयोजनालाई सम्पन्न गर्न सबै निकायको विचमा समन्वय र सहकार्य आवश्यक रहेको भनाइ उनको छ । छलफल तथा स्थलगत अवलोकनमा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, प्रमुख जिल्ला अधिकारी शुसिल वैद्य, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वली लगायत जनताको तटबन्ध आयोजना कार्यालयका प्रमुख धर्मकुमार न्यौपाने, निर्माण कम्पनीका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।छलफलबाट आयोजनाको लागि चाहिने नदीजन्य पदार्थको उत्खनन् र व्यवस्थापनको लागि जिल्ला समन्वय प्रमुखको संयोजकत्वमा सरोकारवाला निकायको सहभागितामा अनुगमन समिति बनाउने, ढुंगाजन्य वस्तु निकाल्ने सम्भावित ठाउँको पहिचान गर्ने र वातावरणीय प्रभाव मुल्यांकनको काम अघि बढाउने, डिभिजन वन कार्यालयले अघि बढाएको फाईल स्विकृतको लागी प्रदेश सरकार संग समन्वय गर्ने, एक बर्ष भित्र आयोजनाको काम सम्पन्न गर्न निर्माण कम्पनीलाई प्रतिबद्धता व्यक्त गराउने निर्णय समेत भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!