०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

सिरहामा प्रहरी जवानलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना मानवअधिकार हनन

Logo
प्रकाशित बुधबार, आषाढ २७, २०८०

ABC (क्राईमबिट)

सिरहा । जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको भिडिओ सार्वजनिक भएको छ।

ड्युटी समय बढी भएको गुनासो गर्न जाँदा मंगलबार दिउँसो प्रहरी निरीक्षक हेमन्त राईले कार्यालयमा बाँधेर राखेको पीडित प्रहरी जवानका भाइ रजनिश रायले बताए।

‘इन्स्पेक्टरले गाली गरेर बुटैबुटले हिर्काएका छन्। ११ घन्टासम्म बाँधेर कुटेका छन्,’ उनले भने।

यो घटनामा संलग्न प्रहरीविरूद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले भने घटना ढाकछोप गर्न फरक-फरक जानकारी दिइरहेको छ।

कार्यालयका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेयले जिल्ला अदालतको गेटमा स्थानीयलाई कुट्दै हिँडेको पाएपछि उनलाई नियन्त्रणमा लिइएको बताए। तर एसपी टेकुनन्द ईवा लिम्बुले भने ड्युटीमा खटिएको प्रहरीको हतियार खोसेर प्रहरी जवान रायले भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको बताए।

प्रहरी जवान राय लागुऔषध सेवनकर्ता रहेको र ड्युटीसमेत गर्न नचाहेको उनको दाबी छ। ‘उसले ड्युटी जाँदैन भन्यो। हाम्रो ड्युटीवाला प्रहरीको हतियार खोस्ने प्रयास गर्‍यो। हतियार खोस्न सकेन्, बाहिर निस्केर भाग्यो। मर्छु जान्छु भनेर गयो। प्रहरीले पाँच सय मिटर पर गरेर नियन्त्रणमा लियो। हतकडी लगाएर उनलाई कस्टडीमै लिएर आयौं किनभने ब्यारेकमै छोडदिएको भए केही घटना गर्न सक्छ भन्ने आशंका भयो,’ उनले भने।

उनले रायलाई हत्कडीमात्र लगाएको, कुटपिट भने नगरेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!