०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

डा तोसिमा कार्कीको अभिव्यक्तिप्रति माओवादी केन्द्रद्वारा खेद प्रकट

Logo
प्रकाशित बिहिबार, आषाढ २८, २०८०

(ABC-Sanchar)

काठमाडौं । नेकपा माओवादी केन्द्र ललितपुरले प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ ।

प्रधानमन्त्री पत्नी एवम् माओवादीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनको घडीमा सांसद कार्कीले दिएको अभिव्यक्तिप्रति माओवादीले आपत्ति जनाएको हो ।

जिल्ला इन्चार्ज दिनेश महर्जन (दिपेश) र संयोजक शिव कट्टेलले संयुक्त विज्ञप्ति प्रकाशित गरी सांसद कार्कीले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘उहाँको उक्त अभिव्यक्ति खेदजनक र असंवेदनशील युक्त भएको विषयमा हाम्रो निष्कर्ष रहेको छ । कमरेड सीता दाहालको निधनको दुःखद घडीमा तोसिमा कार्कीले दिनुभएको अभिव्यक्ति प्रति खेद प्रकट गर्दै घोर भर्त्सना गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

सांसद कार्कीले बुधबार पशुपति आर्यघाटमा सञ्चार माध्यमसँगको कुराकानीका क्रममा ‘प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन, आफ्नै श्रीमतीलाई त समय दिनसक्नुभएन राष्ट्रको लागि के गर्न सक्नुहोला त भन्ने प्रश्नहरू पनि आउनसक्छ’ भनेकी थिईन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!