०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

नेपाल पत्रकार महासंघ दाङले सदस्यता छ्नौटको निर्णय नसच्याए संघर्ष गर्छौं अध्यक्ष : ओली

Logo
प्रकाशित बिहिबार, आषाढ २८, २०८०

 

(ABC-Sanchar)

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको नयाँ सदस्यता छनौटको निर्णयप्रती जनपत्रकार संगठन नेपाल दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष हेमन्त प्रकाश ओलीले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै उक्त निर्णयको ध्यानाकर्षण भएको बताएका छन् ।

जारी बिज्ञप्तिमा भनिएको छ – ‘नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लामा नयाँ सदस्यता छनौट भनी जारी गरिएको प्रेस बिज्ञप्तीप्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । शाखाले ९४ जना आवेदक मध्य १२ जनाको नाम प्रदेश समितिमा सिफारिस गर्ने निर्णय न्यायोचित नभएकाले तत्काल निर्णय सच्याउन जोडदार माग गर्दछौं ।’

जारी बिज्ञप्तिमा अधिकांश आवेदकहरु सदस्यता प्राप्तिका लागि योग्य रहेको , मापदण्ड अनुसार पत्रकारितामा क्रियाशिल रहेको भएपनी सदस्यता छनौटका लागि गठन भएको छानविन समितिले गम्भीर त्रुटि गरेको स्पष्ट गरिएको छ ।

बिज्ञप्तिमा थप भनिएको छ – ‘महासंघले हाल नयाँ सदस्यता छनौट गरि प्रदेश समितिमा सिफारिस गर्ने निर्णय नसच्याए महासंघका विरुद्ध संघर्ष गर्ने यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउदछौँ ।’

साथै बिज्ञप्तिमा नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रलाइ मर्यादित बनाउन देशैभरी चलाएको शुद्धीकरण अभियानप्रती संगठन सकारात्मक रहेको र उक्त बिसयहरु जनपत्रकार संगठनले पनि पटकपटक ध्यानाकर्षण गराएका बिसय भएको उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा महासंघलाई सबैको साझा एवम मर्यादित बनाउन जिल्लामा क्रियाशिल पत्रकार संघरसंगठनहरुलाइ महासंघको गलत निर्णयका विरुद्ध खबरदारी गर्न अपिल समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!