०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

डीआईजी बोहराद्वारा घुमुवा अनुसन्धान खारेज आरोप लागेको प्रहरीको दरबन्दी फिर्ता

Logo
प्रकाशित शनिबार, आषाढ ३०, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेशका प्रमुख डीआईजी भरत बोहराले घुमुवा अनुसन्धान समूह आर आइटी खारेज गरिदिएका छन् ।

डीआईजी बोहराले कञ्चनपुरको बेलौरीमा होटल सञ्चालक माथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गर्दै आरआइटी खारेज गरेका हुुन् ।

बोहराले दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धित ठाउँमा रमाना गरेर पठाएका छन् । डीआईजी बोहराले आक्रमणको आरोप लागेका २ प्रहरीमाथि अनुसन्धान शुरु गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

बेलौरी बजारमा रहेको फेमली रेष्टुरेष्टका सञ्चालक सुरेशकुमार वडायकमाथि शुुक्रबार राति धारिलो वस्तुले प्रहार गरेको आरोप लागेपछि सहायक हवलदार दीप पाण्डे र प्रहरी जवान हेमराज भट्टमाथि अनुसन्धान भइरहेको छ । पाण्डे र भट्टले गुण्डाशैलीमा हर्कत गरेको भनेर विरोध भइरहेको छ । उनीहरू दोषी पाइएमा डीआईजी बोहराले कडा कारबाही गर्ने चेतावनी दिएको स्रोतको भनाइ छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी प्रज्वल महर्जनले प्रदेश अनुसन्धान समूह आरआइटी खारेज गरिएको पत्रकारलाई प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!