२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कंचनपुरको ६ वटा औषधि पसलमा प्रहरीको छापा ४ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

 

ABC (क्राईमबिट)

कंचनपुर । प्रहरीले भीमदत्त नगरपालिकाका ६ निजी मेडिकल (औषधि पसल)मा छापा हानेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ७, १३, १० र १६ चार वडाका ६ मेडिकलमा छापा हानेको हो।

कञ्चनपुर प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत गैरकानुनी रूपमा औषधि बेचबिखन गर्दै आएका औषधि पसलमा कारबाही गरेको जनाएको छ।

कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले विनाइजाजत गैरकानुनी रूपमा औषधि बिक्री-वितरण गर्दै आएका निजी औषधि पसलमा छापा हानेको बताए।

‘हामीले अवैध मेडिकल पसलमा छापा हान्यौँ,’ प्रहरी प्रमुख थापाले भने, ‘चार जना पक्राउ गर्न सफल भयौँ। दुईजना फरार भएका छन्। बाँकी औषधि बरामद गरेका छौँ। बेच्न नै नमिल्ने औषधि बेच्नेदेखि फार्मेसी दर्ता नगरेर गैरकानुनी रूपमा औषधि पसल चलाएका रहेछन्।’

प्रहरी प्रमुख थापाका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका- ७ हल्दुखालबाट विमला उपाध्याय, भीनपा- १० गड्डाचौकीका सुरेश पाण्डेय, मोहन रोकाया र भीनपा-१६ मझ गाउँका राजेन्द्रबहादुर चन्द छन्।

भीनपा– १३ साझा चौराहका रामबहादुर विष्ट र भीनपा- १६ वसन्तपुरका वीरेन्द्रराज पन्त फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले विनाइजाजत जोखिमपूर्ण औषधि बेचबिखन गर्ने, लागुऔषध बेच्ने, फार्मेसी तथा औषधि पसलले चिकित्सकको सिफारिसविनै औषधि बेचबिखन गरेको आरोप लगाएको छ। ‘पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘भागेकाहरूको समेत खोजी भइरहेको छ।’

उनीहरूविरुद्ध कञ्चनपुर प्रहरी प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १९ बमोजिम जोखिमपूर्ण औषधि बिक्री-वितरणविरुद्ध मुद्दा चलाउने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!