२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अवकाश प्राप्त प्रहरीका आईजिपीहरुसंग गृहमन्त्री नारायण काजी श्रेष्ठको छलफल

Logo
प्रकाशित मंगलबार, साउन ०२, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । आइतबार बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी महानिरीक्षक, अवकाशप्राप्त महानिरीक्षक र अवकाशप्राप्त अतिरिक्त महानिरीक्षकहरुलाई छलफलका लागि गृह मन्त्रालयमा बोलाएका थिए । सुरक्षा निकायलाई कसरी बलियो बनाउन सकिन्छ भनेर सुझाव लिन उनले अवकाशप्राप्त उच्च अधिकारीलाई मन्त्रालयमा बोलाएका हुन् ।

एआइजी सन्दीप भण्डारी र दीपक थापा
सबैको सुझाव सुनेपछि मन्त्री श्रेष्ठले मन्तव्य राख्दै प्रहरी संगठनभित्र गुटबन्दी रहेको कुरा लुकाएनन् । उनले भने, ‘प्रहरीजस्तो फौजी संगठनभित्र गुटबन्दी हुँदा यसले सिंगो संगठनलाई असर गरेको छ, गुटबन्दी अन्त्य हुनसक्यो भने मात्र राजनीतिक नेतृत्वको अनियमितता, आर्थिक चलखेल र शक्तिकेन्द्रको दबाबविरुद्ध तथा ऐन र नियमको परिधिभित्र एउटा गतिका साथ काम गर्न सकिन्छ । त्यसकारण गुटबन्दी अन्त्य गर्न म लागिरहेको छु ।’

गृहमन्त्रीले नै यसरी प्रहरी संगठनभित्र गुटबन्दी रहेको बताएपछि पूर्वप्रहरी अधिकारीले पनि अनौठो माने । वास्तवमै प्रहरी संगठनभित्रको गुटबन्दीको रोग थाहा पाएरै उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठ जसरी पनि ३० वर्षे सेवाहद हटाउने अभियानमा लागेका छन् । तर, त्यसविरुद्ध केही प्रहरी अधिकारी गुट बनाएर लागेको सूचना उनले पाएका छन् । सेवाहद हटाउँदा नेतृत्व तहमा नपुग्नेहरू यसरी सेवाहद राख्ने पक्षमा शक्तिकेन्द्र धाइरहेका छन् ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयभित्रै पनि गुटबन्दी देखिन थालेको छ । खासगरी एआइजीहरूबीच यस्तो गुटबन्दी रहेको स्रोत बताउँछ । एआइजी दीपक थापा र सन्दीप भण्डारीबीच संघर्ष बढेको चर्चा प्रहरी प्रधान कार्यालयमा छ ।

एआइजी भण्डारीको हालका गृहमन्त्रीनिकट
समूहसँग निकटता छ । सोहीकारण पछिल्लो समय सरुवा–बढुवामा उनको हालीमुहाली छ । डिएसपी बढुवामा उनले आर्थिक चलखेल नै गरेको आरोप लागेपछि छानबिनको मागसमेत उठेको थियो । तर, गृह मन्त्रालयले चासो दिएन । थप सरुवा–बढुवामा पनि उनले गृहमन्त्रीका दाइ मानकाजी श्रेष्ठ लगायतसँग मिलेर चलखेल गरिरहेका छन् ।

उता, थापा विगत केही वर्षदेखि नै छायाँ आइजिपीका रुपमा चिनिन्छन् । प्रहरीमा उनी लामो समय आर्थिक प्रशासन तथा प्रबन्धमा काम गरे । सर्वेन्द्र खनालको पालादेखि नै उनी आइजिपीको खासमान्छे भएर हेडक्वार्टर चलाउँदै आएका छन् । अहिले पनि प्रशासन विभागको प्रमुख छन् ।थापाविरुद्ध गृहमन्त्री निकटलाई कुरा लगाएर उनलाई कमजोर बनाउने रणनीतिमा भण्डारी लागेको एक उच्च प्रहरी अधिकारी बताउँछन् ।

त्यसो त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र एआइजी श्याम ज्ञवालीबीचको विवाद पनि बाहिर आइसकेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा विवाद सतहमा आएको थियो । तर, गत २२ असारमा प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दुवै जना हाँसीहाँसी कुम जोडेर बसेका थिए । उनीहरुबीचको टकराव हाल मत्थर भएको छ भने अन्य एआइजीबीच संघर्ष देखिएको छ ।

एआइजी दीपक थापा अहिलैकै प्रावधानअनुसार कुँवरपछि आइजिपी हुने सम्भावना छ । त्यसकारण पनि उनीविरुद्ध प्रहरीमा अर्काे समूह सक्रिय छ । एआइजी थापालाई भावी नेतृत्वमा अर्का एआइजी सुदीप गिरीले पनि टक्कर दिने सम्भावना छ ।प्रहरीमा डिएसपी तहदेखि नै गुटबन्दीको विकृति छ । गृहमन्त्री श्रेष्ठले यसलाई हटाउने घोषणा गरेका छन् । त्यसको कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्ने कुरा केही समयपछि देखिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!