०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

काठमाडौं विमान स्थलबाट अबैध सुन बिदेशी मुद्रा सहित ब्याक्तीहरु पक्राउ

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

ABC (क्राईमबिट)

काठमाण्डौ । दिल्ली प्रस्थान गर्न लागेका यात्रु भारतीय नागरिक ATUL ARUN AMBATKAR को साथबाट नेपालमा प्रतिबन्धित भा.रु.५०० दरको नोट थान-६३३, भा.रु.२००० दरको नोट थान-९ ले जम्मा भा.रु. ३,३४,५०० (तिन लाख चौतिस हजार पाच सय मात्र) र सुन जस्तो देखिने पहेलो रंगको धातुको ब्रासलेट थान-१, पथर जडित औठी थान-१, औठी थान – ३, सिक्री थान-१ को कुल अन्दाजी तौल १२७.८५ ग्राम अवैध रुपमा भन्सार छलि लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा निजलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि बरामद दसीहरु सहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाण्डौं पठाईएको ।

साथै मिति २०८०/०४/०२ गते विमान बंगलादेश एयरलाईन्सको उडानद्वारा काठमाण्डौंबाट बंगलादेश प्रस्थान गर्न लागेका बंगलादेशी नागरिकको MD YOUSOF ALI को साथबाट नेपालमा प्रतिबन्धित भा.रु. ५०० दरको थान-६९८ ले जम्मा भा.रु. ३,४९,०००।– ( तिन लाख उनानपचास हजार मात्र) र अमेरिकी डलर १०० दरको थान -४० ले जम्मा अमेरिकी डलर ४,०००।– (चार हजार मात्र) लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाईएको।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!