०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

नेपाल प्रहरीको उपचार खर्चमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

(सिराज खान)

बाँके । नेपालगञ्ज मेडिकल कलेज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जबीच प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले नेपालगञ्ज मेडिकल कलेज र कोहलपुरस्थित शिक्षण अस्पतालमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालले सिफारिस गरेका बहालवाला र पूर्व प्रहरीको उपचारमा १० देखि २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेश प्रहरी अस्पतालबाट सिफारिस भएका प्रहरी, पूर्व प्रहरी र प्रहरीका परिवारलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने गरी दुबै संस्थाबीच सम्झौता भएको जानकारी दिनुभयो ।

सो सम्झाैतामा अस्पतालको तर्फबाट लर्डबुद्ध एजुकेशनल एकेडेमी नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया र लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिनकुमार श्रेष्ठले हस्ताक्षर गरेर पत्र आदानप्रदान गर्नुभयो ।

प्रहरी अस्पतालले सिफारिस गरी पठाएका बिरामीको उपचारमा विभिन्न प्रकारका सेवा सुविधा लिँदा १० देखि १५ प्रतिशत छुट पाउने एक वर्षे सम्झौता गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले जनाएको छ ।

सम्झौता अनुसार बहालवाला प्रहरी कर्मचारीलाई साधारण प्याथोलोजी, रेडियोलोजी जाँचहरु र साधारण बेड चार्जमा लाग्ने दस्तुरमा २५ प्रतिशत छुट प्रदान गरिने, आईसियु, एसी बेड चार्ज, अप्रेशन, एमआरआई सिटि स्क्यान र ल्याबको स्पेशल टेस्टहरुको दस्तुरमा १५ प्रतिशत छुट दिइनेछ ।

लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. श्रेष्ठले सोही प्रकारले प्रहरी परिवारका सदस्य बिरामी भएर प्रहरी अस्पतालबाट सिफारिस भएर आएमा उपचारमा १० प्रतिशत छुट दिने सम्झौता भएको बताउनुभयो ।

उहाँले यो सम्झौताबाट धेरै जना प्रहरी, पूर्व प्रहरी र परिवारको स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताउनुभयो । उक्त सम्झौता साउन १ गतेदेखि लागू हुने र हालका लागि एक वर्षसम्मका लागि मात्रै गरिएको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!