०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

सन्दीप र पलले गरेका कुराकानीको चर्को आलोचना पछी कार्यक्रम (ह्वाट द फ्लप) बन्द

Logo
प्रकाशित बिहिबार, साउन ०४, २०८०

(ABC-Sanchar)

काठमाडौं । कलाकार सन्दीप क्षेत्रीले संचालन गर्दै आएको कार्यक्रम ह्वाट द फ्लप बन्द भएको छ । कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको यो कार्यक्रम बन्द गरिएको टेलिभिजनले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

यो कार्यक्रमको केही दिनअघिको एपिसोडमा कलाकार पल शाह पाहुना थिए । यो एपिसोडमा सन्दीप र पलले गरेका कुराकानीलाई लिएर चर्को आलोचना भएको थियो । यही कारण टेलिभिजनले एपिसोड सामाजिक संजालबाट पनि हटाएको थियो ।

अहिले टेलिभिजनले एक सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जानकारी दिएको छ ।

असार २३ गते प्रसारित एपिसोडमा अभिनेता पल शाहको अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई हटाएको थियो ।

टेलिभिजनले यो कार्यक्रमको ठाउँमा को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ । यो कार्यक्रम पटक–पटक विवादमा पर्दै आएको छ । यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!