०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

नेपाल प्रहरीमा लेखापालको पदावधि : सिंहले ८ वर्ष बनाए कुँवरले ६ वर्षमै झारे

Logo
प्रकाशित शुक्रबार, साउन ०५, २०८०

ABC (क्राईमबिट)

काठमाडौँ । नेपाल प्रहरीका लेखापालको ८ वर्षे पदावधि घटाएर ६ वर्षमा झार्ने निर्णय गरिएको छ। नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने निकाय नीति समन्वय समितिले हाल कायम रहेको ८ वर्षे पदावधिलाई घटाउने निर्णय गरेको हो।

नेपाल प्रहरीका तत्कालीन आईजीपी धिरजप्रताप सिंहले ०७९ असार २७ गते ६ वर्ष नै रहेको पदावधिलाई बढाएर ८ वर्ष बनाएका थिए। तर, अहिलेका आईजीपी बसन्तबहादुर कुँवरले भने पुन:६ वर्षमै झारिदिएका हुन्।

समितिको निर्णयअनुसार आईजीपी कुँवरले उक्त निर्णय कार्यान्वनका लागि मातहतका सबै तहमा सर्कुलर गरिसकेका छन्।

तालिम लिएर लेखापाल बन्न नपाएकाहरूलाई पनि अवसर दिनका लागि पदावधि ६ वर्षमै झारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘लेखाबारे तालिम लिएर बसेकाहरूले अवसर नै नपाउने अवस्था आएपछि फेरि ६ वर्षमै झारिएको हो,’ प्रहरी प्रवक्ता कुवेर कडायतले भने।

नेपाल प्रहरीभित्र लेखापालको दरबन्दी ५११ वटा युनिटमा छ। यो युनिटमा उच्चपदस्थहरूले आफूनिकटका व्यक्तिलाई लैजान प्रयास गर्छन्। त्यसो त गृहमन्त्रालयले पनि यसमा चासो देखाउँछ। यसपटक पनि लेखाको तालिम लिएर पनि जिम्मेबारी नपाएका अधिकृतहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष यसबारे ध्यानाकर्षण गराएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!