२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जिल्ला प्रहरी सर्लाहीको हिरासतमा रहेकी एक महिलाले गरिन आत्महत्या

Logo
प्रकाशित शुक्रबार, साउन ०५, २०८०

 

ABC (क्राईमबिट)

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हिरासतमा रहेकी एक महिलाले आत्महत्या गरेकी छन् । गत साउन २ गते सशस्त्र प्रहरी सर्लाहीले अवैध रकम र गहनासहित पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको महिलाले प्रहरी हिरासत मै पासो लगाएर आत्महत्या गरेकी हुन् ।

स्थानीय चक्रघटा गाउँपालिका – ८ कि वर्ष ४० वर्षीय हजरत खातुनले हिरासत कक्षको शौचालयमा राती पासो लगाएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।

साउन २ गतेका दिन सशस्त्र प्रहरीले सर्लाहीको नेपाल भारत सीमा क्षेत्रको झिलमिलिया माइ बोर्डरमा हजरतलाई पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चाँदी र ७.०७ सुन सहित नियन्त्रणमा लिएको थियो ।

हिरासत कक्षमा रहेको शौचालयमा पासो लगाइ आत्म हत्या गरेकी महिलाको शव पोस्टमार्टमको लागि अस्पताल लगिएको र आत्महत्या बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!