०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

१७ लाख ५० हजारले त्यागे भारतीय नागरिकता किन ???

Logo
प्रकाशित शनिबार, साउन ०६, २०८०

(ABC-Sanchar)

काठमाडौँ । पछिल्लो दुई दशकमा सुखद भविष्य खोज्दै मुलुक छाड्ने भारतीयको संख्या ह्वात्तै बढिरहेको छ । सन् २०११ यता भारतीय नागरिकता त्याग्नेको संख्या १७ लाख ५० हजार रहेको विदेशमन्त्री एस जयशंकरले बताएका छन् । शुक्रबार विदेशमन्त्री जयशंकरले लोकसभामा लिखित जवाफ दिँदै यस वर्षको जुनसम्मै भारतीय नागरिकता त्याग्नेको संख्या ८७ हजार २६ रहेको जानकारी दिएका हुन् ।

विदेशमन्त्री जयशंकरका अनुसार अघिल्लो वर्ष अर्थात २०२२ मा भारतीय नागरिकता त्याग्नेको संख्या २ लाख २५ हजार ६ सय २० थियो । सन् २०२१ मा भने यो संख्या १ लाख ६३ हजार ३ सय ७० थियो ।
सन् २०११ भारत छाड्नेको संख्या १ लाख २२ हजार ८ सय १९ थियो । विदेशमन्त्री जयशंकरले लोकसभामा जवाफ दिँदै भने, ‘पछिल्लो दुई दशकमा ठूलो संख्यामा भारतीयहरूले अन्तर्राष्ट्रिय बजारमा जागिर खोजिरहेका छन् । व्यक्तिगत लाभका लागि धेरै भारतीयले विदेशी नागरिकता लिएका छन् ।’

भारतीय डायस्पोरा भारतका लागि ठूलो सम्पत्ति भएको पनि विदेशमन्त्री जयशंकरको भनाइ छ । विदेशमन्त्री जयशंकरले गत वर्ष राज्यसभामा जवाफ दिने क्रममा भारतीयले यसबीचमा विभिन्न १३५ देशको नागरिकता लिएको बताएका थिए । तर उनले कुन-कुन देशको कतिले नागरिकता लिए भन्नेचाहिँ खुलाएका थिएनन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!