०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

दुनियाँको सबै खुशी छ तर स्वास्थ्य भन्दा ठूलो सम्पत्ति होइन रहेछ हिरोईन सोनाली बेंद्रे

Logo
प्रकाशित शनिबार, साउन ०६, २०८०

(ABC-Sanchar)

काठमाडौं । जब बिश्वकी प्रख्यात फेशन डिजाइनर तथा लेखक Crisda Rodriguez प्राण घातक क्यान्सर रोगको उपचारार्थ अस्पतालको बेडमा थिइन्। र, उनलाई आफ्नो मृत्युको आभास भैसकेको थियो। तब उनले आफ्नो सँस्मरणमा लेख्छिन्:

१) मसँग, मेरो ग्यारेजमा, संसारकै महंगो मध्येको कार थन्किएको छ। तर म भने ह्विलचेयरमा अस्पतालको रुममा यताउता गराइएकी हुन्छु।

२) मेरो घर मूल्यवान् कपडा, गहना, जुत्ता आदिले भरिभराउ छ, तर म भने अस्पतालले उपलब्ध गराएको सामान्य कपडाको एउटा गाउनमा लपेटिएकी छु।

३) मसँग प्रशस्त बैंक ब्यालेन्स छ। रोगले थालिएको यो अवस्थामा त्यो पैसाको कुनै काम आएको छैन।

४) मेरो घर कुनै सुविधा सम्पन्न पाँचतारे होटल भन्दा कम छैन। तर, म अस्पतालको दुइवटा साना रुमको क्षेत्रभित्र सीमित भएर करिब करिब जीवनको अन्तिम श्वास फेरिरहेकी छु।

५) एउटा शहरको पाँचतारे होटलबाट अर्को शहरको पाँचतारे होटलमा मिटिंग एवं लन्च-डिनरको लागि ओहोरदोहोर गर्ने म, यतिखेर अस्पतालको एउटा ल्याबबाट अर्को ल्याबसम्म नर्स र सहयोगीको सहारामा ओहोरदोहोर गराइएकी हुन्छु।

६) जीवनमा मैले सयौँ शुभचिन्तक, प्रशंसक वा मानिसलाई सिग्नेचर दिएँ, तर आज डाक्टरको प्रेश्कृप्शन र अस्पतालको रेकर्ड नै मेरो लागि सिग्नेचर भएको छ।

७) मेरो कपाल मिलाउनका लागि मात्र मसँग ७ जना बार्बर कार्यरत थिए। तर, आज मेरो टाउकोमा कपालको एउटा पनि रौँ बाँकी छैन।

८) म प्राइभेट जेटमा बिश्व भ्रमण गर्न सक्ने हैसियत भएकी मानिस हुँ। तर, आज उपचाररत अस्पतालको गेटसम्म पुग्नका लागि पनि मलाई अरु कसैको सहायता चाहिन्छ।

८) रोजेको स्वादिष्ट भोजनमा रमाउने म। तर, आज दिनमा २ वटा ट्याब्लेट र साँझमा थोरै नुनिलो पानी मात्र मेरो निम्ति खाना भएको छ।

९) आज मेरो लागि बैंक ब्यालेन्स, शानदार घर, महंगो कार, गहना लत्ताकपडा, ब्यापार-आम्दानी, नामको प्रख्याती, नातेदार साथीभाइ आदि केही – कोहि काम लाग्दैनन्।

तर मलाई अझै पनि मेरो परिवार, परिवारका सदस्यको प्रेम प्रार्थना, प्यारो लाग्छ। र, सबैभन्दा प्यारो मेरा लागि मृत्यु भएको छ। र, त्यो पनि छिटो मृत्यु अझै धेरै प्यारो हुनेछ।

स्वास्थ्य भन्दा ठूलो सम्पत्ति होइन रहेछ।

मुस्कुराउन नछोडौँ। सकृय जीवनमै भएको सकेको दान गरौँ। जीवनमा कहिल्यै कसैको चित्त दु:खाउने भूल कदापि नगरौँ। म सबैसँग माफि माग्दछु।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!