२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पश्चिम बङ्गालमा दुई महिलालाई निर्वस्त्र पारियो भाइरल भएपछि तनावग्रस्त क्षेत्र

Logo
प्रकाशित शनिबार, साउन ०६, २०८०

(ABC-Sanchar)

काठमाडौं । मणिपुरमा दुई महिलाको यौन दुर्व्यवहारको भाइरल भिडियोको मामिला अझै शान्त भएको छैन कि अहिले पश्चिम बंगालको मालदाबाट यस्तै एउटा भिडियो सार्वजनिक भएको छ ।

यहाँ भीडले दुई महिलालाई कुटपिट गरी लुगा च्यातेको छ । यो घटना मालदाको बामंगोला पुलिस स्टेशनको पाकुआ हाट क्षेत्रमा भएको हो।

पीडित दुवै आदिवासी महिला हुन् । भाजपा नेता अमित मालवीयले यसको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनीहरूलाई कुटपिट गरी लुगा फुकाल्दा प्रहरी मूकदर्शक बनेर बसेको उनको आरोप छ ।

स्थानीयवासीबाट प्राप्त जानकारीका अनुसार पीडित दुबै जना मंगलबार सो क्षेत्रमा रहेको साप्ताहिक बजार (हाट) गएका थिए । त्यही क्रममा बजारका अन्य महिलाले उनीहरूमाथि चोरीको आरोप लगाएर झगडा गर्न थाले ।

यो देखेर बजारमा उपस्थित अन्य महिलाहरु आक्रोशित बने र दुबैलाई चप्पलले कुटपिट गर्न थाले । भीडले दुबैको लुगा च्यातेर नग्न बनाए ।

घटनामा त्यहाँ उपस्थित प्रहरी मौन दर्शक बनेको आरोप छ । उनीहरूले महिलाहरूलाई भीडबाट बचाउने प्रयास गरेनन्। ती दुवै महिला माणिकचक क्षेत्रका बासिन्दा हुन् ।

राज्य बीजेपी अध्यक्ष सुकान्त मजुमदारले पनि आफ्नो ट्विटर ह्यान्डलमा घटनाको भिडियो साझा गर्दै राज्य सरकार र विपक्षी गठबन्धनको आलोचना गरेका छन् ।

उनले लेखेका छन् बङ्गालमा आदिवासी महिलाहरुसँगको अर्को डरलाग्दो घटना । माल्दामा दुई आदिवासी महिलालाई नग्न पारेर निर्ममतापूर्वक कुटपिट गरियो तर दीदी चुपचाप छिन् । भारत किन निन्दा गर्दैन ?

अर्कोतर्फ, राज्य महिला र बाल कल्याण मन्त्री र टीएमसी नेता शशी पन्जाले माल्दा घटनालाई राजनीतिकरण गरेकोमा बीजेपीको आलोचना गरिन्।

पञ्जाले भनिन्, “माल्दा घटनालाई राजनीतिकरण गर्न आवश्यक छैन। यो चोरीको घटना हो। दुई महिलाले बजारबाट केही सामान चोर्न खोजेका थिए। महिलाहरूको एउटा समूहले कानूनलाई हातमा लिएर कुटपिट गर्न थाले। प्रहरीले घटनाको सम्बन्धमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!