०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

भारत जान अनिवार्य परिचयपत्र नदेखाउने नेपालीहरुलाई भारत प्रवेशमा रोक

Logo
प्रकाशित आइतबार, साउन ०७, २०८०

भारत जान अनिवार्य परिचयपत्र नदेखाउने नेपालीहरुलाई भारत प्रवेशमा रोक

(ABC-Sanchar)

बाँके । भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बल एसएसबीले जमुनाह नाका हुँदै भारत प्रवेशमा कडाइ गरेको छ । पाकिस्तानी नागरिक नेपालको बाटो हुँदै भारत प्रवश गरेपछि एसएसबीले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरेको हो । नेपालीबाहेक तेस्रो मुलुकको नागरिक अवैधरुपमा प्रवेश नगरोस् भनेर सीमा क्षेत्रमा चेकजाँचलाई कडा पारिएको भारतीय एसएसबीले जनाएको छ ।

भारतको केन्द्र सरकारले नेपाली नागरिकता वा अन्य पहिचानपत्रबिना प्रवेश गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएको छ । सोहीअनुसार एसएसबीले भारत प्रवेश गर्ने नेपालीका लागि नागरिकता वा परिचय खुल्ने कागजात अनिवार्य गरेको छ । नागरिकता, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जस्ता नेपाली भएको परिचयपत्र नदेखाउने नेपाली नागरिकलाई समेत भारत प्रवेशमा रोक लगाइएको छ ।

नयाँ प्रावधानअनुसार नेपाली नागरिकहरुले आफूसँग भएको नेपाली नागरिक भएको परिचय खुल्ने कागजात लिएर भारत जान थालेका छन् ।
भारतले सीमा सुरक्षा कडाइ पार्दा सीमा क्षेत्रका भिडभाड बढी भएको छ । खासगरी पछिल्लोपटक एकजना पाकिस्तानी महिला नेपालको बाटो हुँदै भारतमा प्रवेश गरेको विषयले भारतमा तरंग पैदा गरेको छ । उक्त प्रकरण पछि नेपाल–भारतको खुला सीमाको फाइदा उठाउँदै तेस्रो मुलुकका नागरिक आफ्नो देशमा प्रवेश गरेको विषयलाई भारतले गम्भीरतापूर्वक लिएको छ ।

पाकिस्तानी युवती सीमा गुलाम हैदर र भारतीय युवक सचिन मिणाबीचको प्रेम सम्बन्ध छिमेकी भारतमा चर्चित बनेको छ । आफूहरूबीच इन्टरनेटमा पब्जी खेल्दाखेल्दै प्रेम सम्बन्ध गाँसिएको उनीहरूले बताएका छन् । उनीहरूबीच पहिलो भेट भने नेपालमा भएको थियो । त्यसैले भारत र पाकिस्तानमा चर्चित रहेको ती दुईबीचको प्रेम प्रसंगमा नेपाल पनि जोडिएको छ ।

नेपालीअधिकारीहरूले सीमा दुईपटक नेपाल आएको पुष्टि गरेका छन् । उनीहरूका अनुसार पहिलोपटक सीमाबाट पाकिस्तान फर्किएको र दोस्रोपटक नेपाल भित्रिएको मात्र देखिन्छ । कतिपय भारतीय सुरक्षा मामिला विज्ञहरूले पाकिस्तानी युवती नेपाल हुँदै भिसा (प्रवेशाज्ञा) नलिई भारत पुग्न सफल भएको विषयलाई लिएर सुरक्षा चिन्तासँग समेत जोडेर हेरेको पाइएको छ ।

भारतीय प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेपछि सीमा गुलाम हैदर प्रवेशाज्ञाबिना भारत पुगेको खुलेको हो । त्यस प्रकरणपछि रुपैडियालगायतका नाका प्रवेशमा भारतले कडाइ गरेको छ । यस्तो कडाइले भारत जाने नेपाली नागरिकले सास्ती व्यहोर्नु परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!