२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

वरिष्ठ सइ पौडेलको होटल संचालकबाटै हत्या भएको प्रहरी अनुसन्धान

Logo
प्रकाशित बुधबार, साउन १०, २०८०

ABC (क्राईमबिट)

बागलुङ । वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेललाई होटल संचालकले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । बडिगाड गाउँपालिका-६ को आसा खाजा घर तथा रेस्टुरेन्टमा पौडेल सोमबार राति साढे १२ बजे मृत भेटिएका थिए । पौडेल खाजा खाना उक्त होटल गएका थिए ।

होटल संचालक आसा कुँवरसँग भनाभन भएपछि आसा र उनका छोरा विनोदले पौडेलको टाउकोमा मुक्का हानेर बेहोस बनाएका थिए । त्यसपछि पर्दाले घाँटीमा थिचेर हत्या गरेको प्रहरी नायव उपरीक्षक मदन केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पौडेलको सोमबार राति साढे ११ बजेतिर हत्या देखिएको छ ।
मंगलबार दिउँसो जिल्ला प्रहरी प्रमुख योगेन्द्रकुमार खड्कासहितको टोलीले घटनास्थल मुचुल्का गरी शव ल्याएको थियो । प्रहरीले धौलागिरि अस्पतालमा शवको पोस्टमार्टम नगरी कास्की पोखरा लगेको थियो । पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको केसीले जानकारी दिए ।

बुधबारै प्रहरीले होटल संचालक कुँवरका आमाछोरालाई जिल्ला अदालतमा पेस गरेको थियो । अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानको काम थालिएको हो । मृतक पौडेल केही समयअघि भीआईपी पिएसओमा काठमाडौंमा कार्यरत थिए । एक वर्षअघि भिमगिठे गएका पौडेल सोमबार डिउटीबाट फर्केपछि रेस्टुरेन्टमा खाजा खान गएको खुलेको छ । मृतक पौडेलका पत्नि र दुई सन्तान छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!