०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

दाङ जिल्लाको दीर्घकालीन गुरुयोजना विनाको विकास किन ?

Logo
प्रकाशित बिहिबार, साउन ११, २०८०

(पाण्डव शर्मा)
दाङ दक्षिण एशीयाको सबैभन्दा ठूलो उपत्यका भएको जिल्ला हो । भौगोलिक हिसाबले दाङ विविधतायुक्त रहेको छ । दाङ उपत्यका, देउखुरी उपत्यका, दुई  उपत्यका गरेर तीन ओटा उपत्यका रहेका छन् । महाभार श्रीङ्खला र चुरे पहाडले दाङ घेरिएको छ । लुम्बिनी प्रदेशको राजधानी रहेको दाङलाई मुलुककै राजधानी बन्न लायक जिल्ला भनेर पनि चर्चा गरिने गर्छ । दाङ जति सुन्दर छ त्यति नै कुरुपताहरु देखा पर्न थालेका छन् ।
दाङमा विशेष गरेर पहाडी जिल्लाहरु रोल्पा, रुकुम, सल्यान, प्यूठान लगायबाट बसाईसराई गरेर आउने क्रम बढिरहेको छ । दाङमा शहरीकरण पनि तीब्र ढंगले भइरहेको छ । ग्रामीण क्षेत्रहरु पनि विस्तारै शहरउन्मुख भइरहेका छन् । शहरीकरण हुनु राम्रो पक्ष हो । यसले समाजमा विभिन्न फाइदाहरु निम्त्याउने गर्दछ । सरकारलाई पनि जनताहरु समक्ष आफ्नो सेवा प्रभाव गर्न सजिलो हुन्छ । रोजगारीका अवसरहरु सृजान हुन्छन् । आम नागरिकको जीवन शैली सुधार गर्न शहरले विशिष्ट योगदान पु¥याउँछ नै । तर, अव्यवस्थितरुपमा भइरहेको शहरीकरणले दाङलाई कुरुप मात्र होइन भविष्यमा निकै चुनौति थपिने देखिन्छ । अहिले जथाभावी जग्गाको खण्डिकरण भइरहेको छ । सरकारले सबै स्थानीय तहहरुलाई जग्गाको वर्गीकरण गर्ने अधिकार दिएको छ । हाम्रा स्थानीय धेरैजसो स्थानीय तहहरुले जग्गाको वर्गीकरण गर्न सकेका छैनन् । जग्गाको वर्गीकरण गरेका स्थानीय तहहरुले पनि व्यवहारीक रुपमा कार्यान्वयन गर्न सकेका छैनन् । अहिले धमाधम खेतीयोग्य जमिन नाश भइरहेको छ । बस्तिको विकास योजनाबद्ध भन्दा पनि आवश्यकताका आधारमा जथाभावी भइरहेको छ । यसले खेतियोग्य जमिन मात्र नाश गरेको छैन । शहरीकरणको विस्तारलाई समेत चुनौति थपेको छ । आगामी दिनमा ती स्थानहरुमा आधारभूत पूर्वाधारहरु निर्माण गर्न गाह्रो हुन्छ नै ।
व्यवस्थित विकासका लागि खेतियोग्य क्षेत्र, आवास क्षेत्र, शहरी क्षेत्र, वन क्षेत्र, खुला क्षेत्र छुट्याउन आवश्यक छ । तर, हामीले अहिलेसम्म त्यस्तो गर्न सकेकै छैनौं । देशकै दुई ओटा ठूला उपमहानगरपालिका घोराही र तुलसीपुरमै हेर्ने हो भने मुख्य बजार क्षेत्रमा खुला क्षेत्र नै छैन । १९९० पछि २०७२ सालको भूकम्पबाट हामीले पाठ सिक्नै सकेका छैनौं । यदी भूकम्प गईहाल्यो भने ठूलो धनजनको क्षति हुने देखिन्छ । सार्वजनिक जग्गाहरु धमाधम मासिन थालेका छन् । यसले भविष्यमा हामीले ठूलै संकट व्यहोर्ने निश्चित छ । यसतर्फ सरोकारवालाहरुको ध्यान जान जरुरी छ ।
दाङको विकासको प्रमुख आधार भनेकै कृषि हो । हामीले कृषि क्षेत्रको विकासका लागि दीर्घकालीन गुरुयोजना बनाउन जरुरी छ । साथै हामीले विश्व सम्पदा सूचिमा रहेको लुम्बिनी र प्युठानको स्वर्गद्धवारी मन्दिरलाई जोड्न सक्नुपर्छ । यसका लागि दाङको धारपानीमा रहको पाण्डवेश्वर महादेवको मन्दिरलाई अझ विकास गर्नुपर्छ । हुन त धारपानीमा पछिल्लो एक दशकमा उल्लेख्य प्रगति गर्नुपर्छ । हामीले लुम्बिनी आउने पर्यटकलाई एक दिन मात्र दाङमा बसालेर स्वर्गद्धवारी पठाउन सकियो भने यहाँको होटल व्यवसाय निकै फष्टाउने छ । यसबाट रोजगारीका अवसरहरु थप श्रीजना हुन सक्छन् ।
मुलुकको विकासका लागि औद्योगीकरण अपरिहार्य हो । तर, उद्योग धन्दाको विकास गर्दा हामीले मानवीय पक्षलाई पनि हेर्नुपर्छ । दाङमा सञ्चालन भइरहेका दुई ठूला सिमेन्ट उद्योग घोराही सिमेन्ट र सोनापुर सिमेन्ट बजार देखि निकै नजिक छन् । यी दुबै उद्योगले सयौं विगाह खेतियोग्य जमिनको नाश गरेका छन् । यी उद्योगले दाङका लागि फाइदा भन्दा घाटा गरेका छन् । यी उद्योगहरुलाई बस्ति देखि टाढा या दाङकै कुने पहाडी भूभाग (जहाँ बस्तिको विकास नभएको होस्) मा सार्नु पर्दछ । अहिले नेपालमा प्रदूषित शहरहरु मध्ये दाङ उच्च जोखिम भएको जिल्लामा पर्दछ ।
औद्योगिक क्षेत्रको स्थापना हुन नसक्दा जथाभावी बस्ति र खेतियोग्य जमिनमा अन्य उद्योगधन्दाहरु पनि स्थापना भइरहेका छन् । यसले निजी क्षेत्रलाई उद्योग स्थापना गर्दा जमिन खरिदमै बढी लगानी डुवाउनुपर्ने अवस्था छ । साथै बस्ति र शहरको बीचमा उद्योग स्थापना हुँदा प्रदूषणले जनताको स्वास्थ्यमा निकै असर गरिरहेको छ । यदी औद्योगीक क्षेत्रको विकास हुन सकेको खण्डमा एकै ठाउँमा उद्योग धन्दाहरु स्थापना गर्न सकिन्छ । यसले गर्दा आधारभूत पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई पनि झण्झट व्यहोर्नुपर्दैन । राज्यले आधारभूत पूर्वाधारमा लगानी गर्ने भएकाले सडक, विद्यूत, सुरक्षा लगायतका क्षेत्रमा निजी क्षेत्रलाई निकै राहत हुने देखिन्छ ।
ग्रामीण बस्तिहरुमा पनि अहिले तीब्र ढंगले ठूलाठूला भवनहरु बनिरहेका छन् । खेतियोग्य जमिनको बिचभागमा भवनहरु निर्माण भइरहेका छन् । यसलाई रोक्नका लागि हाम्रा स्थानीय सरकारले एकीकृत बस्तिको अवधारणा ल्याउनुपर्छ । त्यसका लागि सरकारले जनताकै लगानिमा ल्याण्डपुलिङ विधिबाट काम गर्न सक्छ । यसका लागि सरकारलाई पूर्वाधार निर्माणमा छुट्टै लगानी पनि आवश्यक पर्दैन । एकै ठाउँमा बस्ति भयो भने खेतियोग्य जमिन नाश हुँदैन ।
हाम्रो खेति प्रणाली पनि निकै निर्वाह मुखि देखिन्छ । अब चक्लाबन्दिको योजना नल्याउने हो भने अबको १० वर्ष भित्र हामी खाद्यन्नमा पुरै परनिर्भर हुने खतरा छ । दाङ जिल्लाको देउखुरी उपत्यकामा अहिले राजधानी आएको छ । अब राजधानी क्षेत्रमा हामीले करीब एक सय वर्ष पछि पनि काम लाग्ने गरी पूर्वाधार निर्माणको काम गर्नुपर्छ । हाम्रा विकासका योजनाहरु तत्कालको समस्या समाधानका लागि मात्रै गरिदै आएका छन् । यसले अहिले गरेको विकास केही वर्ष पछि भत्काउनुपर्ने अवस्था सृजना भएको छ । यसले राज्यलाई आर्थिक भार बढिरहेको छ ।
विकासको प्रमुख आधार सडक सञ्जाल नै हो । सडक सञ्जाल विनाको विकास सम्भव नै छैन भन्न सकिन्छ । दाङमा सडक सञ्जालको राम्रै विकास भएको छ । तर, ती सडकहरु परम्परागत ढंगले चलनचल्तिको आधारमा निर्माण भएका छन् । छोटो दूरीमा पुग्न सकिने ठाउँहरु पनि घुमाउरो सडकका कारण धेरै समय लाग्ने भएको छ । यसले हाम्रो समयको बरबाद गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!