२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरी बाँकेले भन्सार छली नेपाल भित्र्याइएका ४२ लाखको मोबाइलसहित १ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ११, २०८०

 

ABC (क्राईमबिट)

बाँके । नेपाल भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले ४२ लाख १२ हजार ९ सय ७ रुपौयाँ बराबरको भन्सार छली नेपाल भित्र्याइएका विभिन्न ब्रान्डका मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बाँके कोहलपुर नगरपालिका–११ स्थित कृषि चोकमा बुधबार जाँच गर्ने क्रममा भारतको उत्तर प्रदेश बरेलीका विनावेद अलीलाई विभिन्न ब्रान्डका मोबाइल डिस्प्लेसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका अलीले चलाएको से ७ प ८९९९ नं. को मोटरसाइकल जाँच्दा भन्सार छली नेपाल भित्र्याइएको विभिन्न ब्रान्डका मोबाइलका डिस्प्ले फेला परेको हो ।

प्रहरीका अनुसार अलिलाई मोबाइलका डिस्प्लेसहित मोटरसाइकल समेत नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालय, जमुनाह बाँकेमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!