२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

करणी सम्बन्धी कसुर अनुसन्धान तालिम १३ औं समुहको समापन कार्यक्रम सम्पन्न:

Logo
प्रकाशित बिहिबार, साउन ११, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगंजमा संचालन भएको “करणी सम्बन्धी कसुर अनुसन्धान तालिम” (सि.प्र.अ./जु.प्र.अ.) १३ औं समुहको दीक्षान्त समारोह आज मिति २०८०।०४।११ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. श्री टेक प्रसाद राईज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट दीक्षीत भई जाने २ जना महिला सहित प्र.ना.उ.-२, प्र.नि.-५, प्र.व.ना.नि. -२, प्र.ना.नि. -२ र प्र.स.नि.-१३ जना गरी जम्मा २४ जना प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै कार्यक्षेत्रमा उपयोगी मार्गनिर्देशन तथा शुभकामना सहितको निर्देशन सम्बोधन गर्नु भएको थियो ।

साथै, उक्त कार्यक्रममा यस प्रतिष्ठानका सह-निर्देशक प्र.व.उ. श्री मधु सुदन लुईटेलज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.व.उ. श्री दिपेन्द्र जि.सी.ज्यू लगायत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरुको समेत उपस्थिति रहेको थियो भने तालिम संयोजक प्र.उ. सुरेश प्रसाद काफ्लेज्यूले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!