२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भालुवाङ ट्राफिक प्रहरीले मोडिफाई गरेका मोटरसाईकलहरु धमाधम कारबाही सुरु

Logo
प्रकाशित शुक्रबार, साउन १२, २०८०

(सागर थापा)

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको मातहतमा रहेको अस्थाई ट्राफिक प्रहरी पोस्ट भालुवाङले स्वरुप परिवर्तन मोडिफाई बुलेट मोटरसाइकल एवं सवारी साधनलाई कारबाही गरेको छ ।

साईलेन्सर पाईपको स्वरूप परिवर्तन (मोडिफाई) गरी ठुलो अवाज निकाली (ध्वनी प्रदुषण) गरी चलाएका मोटरसाईकल हरूलाई कार्यालयको नियन्त्रणमा लिई कम्पनिकै साईलेन्सर पाईप राख्न लगाई आवश्यक कानुनी कारवाही गरी सम्बन्धित सवारी धनीहरूलाई जिम्मा लगाउने गरेको
अस्थाई ट्राफिक प्रहरी पोस्ट भालुवाङका इन्चार्ज ओम प्रकाश कुर्मीले बताए ।

विशेष गरि बुलेट बाईकहरुमा यो समस्या देखिने गरेको उहाँको भनाई छ ।

‘बाईकको साईलेन्सर परिबर्तन गरि ठुलो आवाज आउने भएकाले ध्वनि प्रदुषण भएको गुनासो आउन थालेपछि हामीले त्यस्ता बाईकहरुलाई निगरानी गर्न थालेका हौँ’ उहाँले भन्नुभयो बुलेट बाईकहरुमा यो समस्या देखिएको छ । विशेष गरि स्वरुप परिवर्तन मोडिफाई बाईकलाई कारबाही गरिएको छ ।’

कुर्मीले बाईकहरु मोडीफाई नगर्न अनुरोध गर्दै ट्राफिक नियमको पालना गर्न सम्पूर्णमा अनुरोध गर्नुभयो ।

यता जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सवारी तथा यातायात व्यवस्था ऐनमा स्वरूप परिवर्तन गरी सवारी चलाएमा सोही ऐन बमोजिम कारबाही हुने जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!