०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

भालुवाङ ट्राफिक प्रहरीले मोडिफाई गरेका मोटरसाईकलहरु धमाधम कारबाही सुरु

Logo
प्रकाशित शुक्रबार, साउन १२, २०८०

(सागर थापा)

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको मातहतमा रहेको अस्थाई ट्राफिक प्रहरी पोस्ट भालुवाङले स्वरुप परिवर्तन मोडिफाई बुलेट मोटरसाइकल एवं सवारी साधनलाई कारबाही गरेको छ ।

साईलेन्सर पाईपको स्वरूप परिवर्तन (मोडिफाई) गरी ठुलो अवाज निकाली (ध्वनी प्रदुषण) गरी चलाएका मोटरसाईकल हरूलाई कार्यालयको नियन्त्रणमा लिई कम्पनिकै साईलेन्सर पाईप राख्न लगाई आवश्यक कानुनी कारवाही गरी सम्बन्धित सवारी धनीहरूलाई जिम्मा लगाउने गरेको
अस्थाई ट्राफिक प्रहरी पोस्ट भालुवाङका इन्चार्ज ओम प्रकाश कुर्मीले बताए ।

विशेष गरि बुलेट बाईकहरुमा यो समस्या देखिने गरेको उहाँको भनाई छ ।

‘बाईकको साईलेन्सर परिबर्तन गरि ठुलो आवाज आउने भएकाले ध्वनि प्रदुषण भएको गुनासो आउन थालेपछि हामीले त्यस्ता बाईकहरुलाई निगरानी गर्न थालेका हौँ’ उहाँले भन्नुभयो बुलेट बाईकहरुमा यो समस्या देखिएको छ । विशेष गरि स्वरुप परिवर्तन मोडिफाई बाईकलाई कारबाही गरिएको छ ।’

कुर्मीले बाईकहरु मोडीफाई नगर्न अनुरोध गर्दै ट्राफिक नियमको पालना गर्न सम्पूर्णमा अनुरोध गर्नुभयो ।

यता जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सवारी तथा यातायात व्यवस्था ऐनमा स्वरूप परिवर्तन गरी सवारी चलाएमा सोही ऐन बमोजिम कारबाही हुने जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!