०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

मोबाइलमा ब्याट्री हुँदा पनि बारम्बार चार्ज गर्दा मोबाइलको ब्याट्री छिटो बिगार्छ

Logo
प्रकाशित शनिबार, साउन १३, २०८०

(ABC-Sanchar)

काठमाडौँ । स्मार्टफोन बारम्बार चार्ज गर्नु पनि एउटा लत हो । धेरै स्मार्टफोन प्रयोगकर्ताहरूले ब्याट्री ५ वा १० प्रतिशत घट्ने बित्तिकै आफ्नो स्मार्टफोनलाई चार्ज गर्न लगाउँछन्। यदि तपाई पनि यस्तो गर्नुहुन्छ भने होसियार हुनुपर्छ । किनकी तपाईंको यो लतले तपाईंको स्मार्टफोनको ब्याट्री बिगार्छ ।

स्मार्टफोनलाई बारम्बार चार्ज गर्ने बानीको कारणले गर्दा प्रयोगकर्ताले आफ्नो फोन चार्ज गर्नका लागि जहाँसुकै राख्छन् । यस्तो अवस्थामा धेरै पटक प्रयोगकर्ताहरूले सार्वजनिक स्थानमा समेत आफ्नो स्मार्टफोन चार्ज गर्न थाल्छन्। जुन तपाईंको डाटा र गोपनीयता को लागि पनि धेरै हानिकारक साबित हुन सक्छ।

यदि तपाईंले बारम्बार मोबाइल चार्जमा राख्नुहुन्छ भने तपाईंको स्मार्टफोनको ब्याट्री छिट्टै बिग्रन सक्छ । स्मार्टफोनको ब्याट्री ५० प्रतिशतभन्दा बढी सकिएपछि मात्र चार्जिङमा राख्नुपर्छ ।

स्मार्टफोन बारम्बार चार्ज गर्ने बानीको कारण, धेरै पटक हामी सार्वजनिक स्थानहरूमा हाम्रो फोन चार्ज गर्न थाल्छौँ । यी ठाउँमा चार्ज गर्ने क्रममा तपाईंको स्मार्टफोनबाट डाटा चोरी हुन सक्छ ।

यस कारणले प्रविधि विशेषज्ञहरूले स्मार्टफोनलाई बारम्बार चार्ज नगर्न सल्लाह दिन्छन् । सार्वजनिक स्थानमा पनि फोन चार्ज गर्न नहुने उनीहरूको सुझाव छ । यदि तपाई यसो गर्नुहुन्छ भने आजैबाट आफ्नो बानी बदल्नुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!