२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दमक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निरौलाको क्वार्टरमै महिलासंग अनैतिक गतिविधि सार्वजनिक

Logo
प्रकाशित आइतबार, साउन १४, २०८०

 

(ABC-Sanchar)

दमक । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला महिलासंग अनैतिक भिडियो सार्वजनिक

एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियोमा देखिन्छ ।

महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन् । मदिराले लठ्ठ भएका निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि उनको विरोध सुरु भएको छ ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला

प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने यो भिडियो काठमाडौंको भएको दाबी गरे । ‘यो क्वार्टरमा होइन, काठमाडौंमा जन्मदिन मनाउँदाको भिडियो हो । धेरैजना ग्रुपमा हुँदाको भिडियो हो । कसरी बाहिरियो म अच्चमित छु,’ उनले भने, ‘काठमाडौंको होटलमा जन्मदिन मनाउँदाको भिडियो हो, क्वार्टरमा होइन । कसैले मेरो चरित्रहत्या गर्न खोजेको हो ।’ उनले क्वार्टरमा नभएको दाबी गरे पनि नयाँ पत्रिकालाई प्राप्त भिडियोअनुसार त्यो नगरपालिकाले उपलब्ध गराएको क्वार्टर नै भएको पुष्टि हुन्छ ।

दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरे । उनले छानबिन गरी प्रमाणित भए कारबाही गरिने बताए । ‘अहिले हेर्दा भिडियो बाहिर आएको देखिएको छ । छानबिन गर्छौं । प्रमाणित भए कारबाही गर्न नगरपालिका पछि पर्दैन,’ उनले भने, ‘भिडियोले दमक नगरपालिकाकै बदनाम भएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!