२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रेमिकाको गोप्य फोटो-भिडियो पोर्नसाइट मा राख्ने म्याग्दीका युवक मलेसियाबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन १६, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । प्रेमिकाको गोप्य फोटो, भिडियो सामाजिक सञ्जाल तथा पोर्नसाइटमा राख्ने युवकलाई नेपाल प्रहरीले मलेसियाबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका म्याग्दीको अर्मन स्थायी ठेगाना भएका २७ वर्षीय प्रकाश विकलाई मलेसियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको हो ।

उनले पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेका बखत विभिन्न वहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो तथा फोटाहरू सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने गरेका थिए ।

साथै प्रेमिकाका आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि उनको नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्नसाइटमा समेत अपलोड गरी चरित्र हत्या गरेकोसम्बन्धी साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएको थियो ।

अभियुक्तलाई नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल मलेसियासँग समन्वय गरी नेपाल ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

अभियुक्त विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए । साइबर ब्युरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम विकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २४ माघ ०७८ मा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो ।

उनलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्युरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!